खेल क्षेत्रको विकासमा सरकार गम्भीर बन्नुपर्छ : पुष्पकुमार शाही

डिसी नेपाल
१३ फागुन २०८० १५:१६
32
Shares

काठमाडौं । नेपाली कांग्रेसका नेता पुष्पकुमार शाहीले खेलकुदको विकासमा सरकार दत्तचित्त भएर लाग्नुपर्ने बताएका छन्। दुई दिनसम्म लाखे पोखरी बौद्धमा चलेको नेपाल टाइगर्सद्वारा फागुन ११ र १२ मा आयोजित इन्टर स्कुल तेक्वान्दो च्याम्पियन प्रतियोगिताका प्रमुख अतिथि शाहीले खेलाडी देशको गौरव भएकाले उनीहरूको क्षमता वृद्धिमा सरकारले ध्यान दिनुपर्ने बताएका हुन्।

कांग्रेस महासमिति सदस्यसमेत रहेका शाहीले खेलका माध्यमबाट खेलाडीले देशको गरिमा बढाउने भएकाले उनीहरूको क्षमता वृद्धिमा ध्यान दिनुपर्ने बताए।

‘खेलकुदले शारीरिक र मानसिक रूपमा स्वस्थ राख्छ। खेलाडी यो देशका गौरवहुन्। खेलाडीको संरक्षण गर्नु सबैको दायित्व हो। सरकार खेलकुदको विकासमा दत्तचित्त भएर लाग्नुपर्छ। निजी क्षेत्रले पनि सहकार्य गर्नुपर्छ,’ उनले भने। शाहीले खेलाडीहरूलाई निरन्तरता दिन शुभकामना दिएका थिए।

विद्यालयबाट नै खेलमा निरन्तरता दिन सक्दा भविष्यमा सफलता हासिल गर्न सकिने उनको भनाइ थियो। समारोहबीच शाहीले उत्कृष्ट खेलाडीहरूलाई पुरस्कार पनि प्रदान गरेका थिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *