फुटबलको वार्षिक क्यालेन्डर पारित

काठमाडौं। दअखिल नेपाल फुटबल संघ (एन्फा)ले चालू आर्थिक बर्षको वार्षिक कार्यक्रमसहित बजेट अनुमोदन गरेको छ।
विवादकाबीच सोमबार काठमाडौंमा बसेको एन्फाको वार्षिक साधारणसभाले वार्षिक कार्यक्रमसहित बजेट अनुमोदन गरेको एन्फाका प्रवक्ता सुरेश शाहले जानकारी दिए। साधारणसभाले फुटबलको सन २०२४ को वार्षिक क्यालेन्डर समेत पारित गरेको उनले बताए।
बैठकमा एन्फाको १ सय ५ प्रतिनिधिमध्ये ७४ जना साधारणसभामा उपस्थित रहेको उनले बताए। उनले केहि सदस्यको विवाद रहेपनि सर्वसम्मतले वार्षिक कार्यक्रम पारित गरेको जानकारी दिए।
एन्फाको केन्द्रीय कार्यासमितिमा निर्णय नभएका कुराहरु पनि साधारणसभाको एजेण्डा बनाइएको भन्दै केहि सदस्यहरुले साधारणसभा बहिष्कार गरेका थिए।
प्रतिक्रिया
Facebook Comment