आठौं आरबिबि–एनभिए महिला तथा पुरुष भलिबल चैत्र ३ गतेदेखि

डिसी नेपाल
१४ फागुन २०८० २०:४१
32
Shares

काठमाडौं। आठौं आरबिबि–एनभिए महिला तथा पुरुष भलिबल च्याम्पियनसिप, २०८० चैत्र ३ गतेदेखि सुरु हुने भएको छ।

नेपाल भलिबल संघले सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै चैत्र ३ देखि १० गतेसम्म राखेप कवर्डहलमा प्रतियोगिता सञ्चालन हुने जानकारी दिएको हो। प्रतियोगितामा पुरुषतर्फ १२ टिम र महिलातर्फ ९ टिम गरि २१ टिमको सहभागीता रहने संघले जनाएको छ।

प्रतियोगितामा पहिलो हुनेले रु ५ लाख, दोस्रो हुनेले साढे २ लाख र तेस्रो हुनेले १ लाख २५ हजार रुपैयाँ नगद पुरस्कार पाउने संघका महासचिव रोशन श्रेष्ठले जानकारी दिए। त्यस्तै सर्वोत्कृष्ट पुरुष तथा महिला खेलाडीले जनही ४०–४० हजार पाउनेछन् भने व्यक्तिगत विधातर्फ उत्कृष्ट सेटर, ब्लकर, सर्भर, स्पाइकर, लिवेरो र प्रशिक्षकले जनही रु १५–१५ हजार नगद पुरस्कार पाउने श्रेष्ठले बताए।

प्रतियोगिता सम्पन्न गर्न अनुमानित ५५ लाख खर्च लाग्ने र जसमध्ये मुख्य प्रायोजक राष्ट्रिय वाणिज्य बैंकले १८ लाख रुपैयाँ उपलब्ध गराउने संघले जानकारी दिएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *