वाफ च्याम्पियनसिप सेमिफाइनलमा नेपाल र लेवनान भिड्दै

डिसी नेपाल
१५ फागुन २०८० ६:५२
208
Shares

काठमाडौं। साउदी अरेबियामा जारी पश्चिम एशियाली फुटबल फेडेरेसन (वाफ) च्याम्पियनसिपको सेमिफाइनलका खेल आज हुँदै छन्।

आज पहिलो सेमिफाइनलमा जोर्डनले प्यालेस्टाइनको सामना गर्दै छ। साउदी अरेबियाको जेहादस्थित प्रिन्स अब्दुल्लाह अल फैजल स्पोर्ट्स सिटी स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार साँझ ७ः ४५ बजेदेखि शुरु हुने छ।

जोर्डन समूह ए मा तिनै खेलमा विजयी भएर समूह विजेता बन्दै सेमिफाइनलमा पुगेको हो भने प्यालेस्टाइन समूह बी मा ३ मध्ये २ जित र एक हारसहित उपविजेता हुँदै सेमिफाइनलमा पुगेको हो।

त्यसैगरी दोस्रो सेमिफाइनल खेलमा नेपाल र लेबनान खेल्दै छन्। जेहादस्थित प्रिन्स अब्दुल्लाह अल फैजल स्पोर्ट्स सिटी स्टेडियममा नै हुने यो खेल नेपाली समय अनुसार साँझ १०ः ४५ बजेदेखि शुरु हुने छ।

यस प्रतियोगितामा नेपालकी सावित्रा भण्डारी साम्बाले सर्बाधिक ८ गोल गरेर सर्बाधिक गोलकर्ताको सूचीमा शिर्ष स्थानमा रहेकी छन्। प्रतियोगिताको फाइनल खेल आगामी बिहीबार हुने छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *