जावलाखेल युथ क्लब केपी ओली कपको सेमिफाइनलमा

डिसी नेपाल
१५ फागुन २०८० १५:३७

काठमाडौं। जावलाखेल युथ क्लब केपी ओली कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ।

मंगलबार सम्पन्न क्वाटरफाइनलको खेलमा जावलाखेल युथ क्लबले केपी ओली एफसीलाई २-१ गोल अन्तरले पराजित गर्दै प्रतियोगिताको सेमिफाइनलमा पुगेको हो।

जावलाखेलको जितमा निरन्जन धामी र निरज चौधरीले एक एक गोल गरेका थिए । त्यसैगरी केपी ओली एफसीका लागि एक गोल अडामा डोउम्बियाले एक गोल फर्काएका थिए।

अब जावलाखेलले सेमिफाइनलमा एनआरटीसँग खेल्ने छ । एनआरटीले थ्रीस्टार क्लबलाई पराजित गर्दै यस अघि नै सेमिफाइनलमा पुगेको थियो । यो खेल फागुन १७ गते हुने छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *