क्रिस्टियानो रोनाल्डोलाई प्रतिबन्ध, २० हजार साउदी रियाल जरिवाना
रियाद। क्रिस्टियानो रोनाल्डो निलम्बनमा परेका छन्। साउदी प्रो लिगको खेलमा अल नासरबाट खेल्दा कथित आपत्तिजनक इशारा गरेको आरोपमा उनलाई एक खेलमा निलम्बन गरिएको हो।
साउदी अरेबिया फुटबल महासंघ (साफ)को अनुशासन र आचार समितिले बिहीबार बिहान प्रतिबन्धको घोषणा गरेको हो। अल नासरको अर्को लिग खेल बिहीबार साँझ अल–हाजेमको घरेलु मैदानमा हुदैँछ।
रियल म्याड्रिड र म्यानचेस्टर युनाइटेडका पूर्व स्टारले पनि अल शबाबलाई अब २०,००० साउदी रियाल (५,३३३ अमेरिकन डलर) जरिवाना तिर्नुपर्नेछ।
उक्त निर्णय पुनरावेदनका लागि खुला नभएको समितिले जनाएको छ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment