मुख्यमन्त्री कप भलिबल : पुलिस र आर्मी सेमिफाइनलमा
किमाथांका। नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लब सङ्खुवासभाको सदरमुकाम खाँदबारीमा जारी मुख्यमन्त्री कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन्। पुलिस क्लब समूह ‘ए’को विजेता तथा आर्मी क्लब उपविजेताका रुपमा सेमिफाइनल प्रवेश गरेका हुन्।
आज भएको खेलमा पुलिस क्लबले एपिएफ क्लबलाई ३–२ सेटले पराजित गरेको हो। पुलिस क्लबले उक्त खेल २९–२७, २५–२०, १६–२५ र १५–१२ अंकले जितेको हो। अर्को खेलमा कर्णाली प्रदेशले कोशी प्रदेशलाई ३–२ सेटले हरायो। कर्णालीले कोशी प्रदेशलाई १८–२५, १९–२५, २५–२३ र १५–१२ अंकले हराएको हो।
यस्तै आजै भएको अर्को खेलमा सुदूरपश्चिम प्रदेशले लुम्बिनी प्रदेशलाई ३–२ सेटले नै पराजित ग¥यो। सुदूरपश्चिम सो खेलमा २५–१७, २६–२५, २५–२३ र १५–६ अंकले विजयी भयो ।
यही फागुन १९ गतेसम्म चल्ने उक्त प्रतियोगिताको विजेताले रु तीन लाख, उपविजेताले रु एक लाख ५० हजार, तृतीय हुनेले रु ५० हजार र चौथो हुने टोलीले रु ३० हजार पुरस्कार प्राप्त गर्नेछन्।
No ads found for this position


डिसी नेपाल
Facebook Comment