पुटिनले उत्तर कोरियाबाट के चाहन्छन् ?

डिसी नेपाल
५ असार २०८१ १३:०४
44
Shares

काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन २४ वर्षपछि पहिलो पटक उत्तर कोरियाको भ्रमण गर्दैछन् । पुटिनले उत्तर कोरियाको राजधानी प्योङयाङमा किम जोङ उनसँग भेट गर्नेछन् ।

रुसले पछिल्लो साढे दुई वर्षदेखि युक्रेनविरुद्ध युद्ध गरिरहेको बेला पुटिनले उत्तर कोरियाको भ्रमण गरेका हुन् । युक्रेनसँगको लडाइमा पुटिनको सबैभन्दा ठूलो आवश्यकता हतियार हो।

वरिष्ठ अमेरिकी रक्षा विश्लेषक ब्रुस बेनेटले भने, “यो सम्बन्धको शुरुवात हतियारमा आधारित छ। रुसलाई युक्रेन विरुद्धको लडाइमा रहन हतियार चाहिन्छ। रुसले उत्तर कोरियाबाट सस्तो हतियार पाउन सक्छ।”

क्याम्ब्रिज विश्वविद्यालयमा जापान र कोरिया कार्यक्रमका प्रमुख जोन निल्सनले भने, “अन्तर्राष्ट्रिय प्रतिबन्धका बीचमा रुसलाई नयाँ सहयोगी चाहिन्छ।”

रुसी राष्ट्रपति पुटिन प्योङयाङको कुमसुसान गेस्ट हाउसमा बस्नेछन् । सन् २०१९ मा चिनियाँ राष्ट्रपति सी जिनपिङले उत्तर कोरियाको भ्रमण गर्दा उनी पनि यही गेस्ट हाउसमा बसेका थिए ।

रिपोर्टका अनुसार यो गेस्ट हाउस २०१९ मा सी जिनपिङको भ्रमण हुनुभन्दा केही महिना अघि निर्माण गरिएको थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *