प्रतिमा अनावरण, स्रष्टा सम्मान एवं कृति लोकार्पण

डिसी नेपाल
७ वैशाख २०८२ १९:५०
168
Shares

कपिलवस्तु। साहित्य तीर्थ कपिलधाममा प्रा. डा. विष्णुराज आत्रेय (लाटोसाथी), पं. रश्मिराज अर्ज्याल तथा हिमलाल ज्ञवालीको प्रतिमा अनावरण गरिएकाे छ।

नेपालका दर्जनौँ साहित्यकारहरूको प्रतिमा राखिएको कपिलधाममा नेपाली संस्कृत एवम् अवधि वाङ्मयका विद्वान प्राज्ञ प्रा. डा. विष्णुराज आत्रेय तथा साहित्यकार एवम् समाजसेवी हिमलाल ज्ञवाली र विद्वद्वर पण्डित रश्मिराज अर्ज्यालको प्रतिमा अनावरण नेपाल सरकारका पूर्व परराष्ट मन्त्री तथा साहित्यकार प्रदिपकुमार ज्ञवाली (शीतविन्दु) र लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले संयुक्त रुपमा गरेका थिए।

कार्यक्रममा प्रमुख अतिथि साहित्यकार एवम् पूर्व परराष्ट्र मन्त्री प्रदिपकुमार ज्ञवाली (शीतविन्दु), विशिष्ट अतिथि लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य, प्राज्ञ मधुसुदन गिरी, प्राज्ञ बाबा बस्नेत, ऋषि आजाद, पोमनारायण पौडेल, विष्णु भण्डारी, पार्वती शर्मा, अलका आत्रेय चूडाल र सिर्जना ज्ञवाली लगायतका विभिन्न व्यक्तिहरूले प्रा. डा. विष्णुराज आत्रेय र हिमलाल ज्ञवालीको व्यक्तित्व, कृतित्व र महत्वबारे चर्चा गरे।

यसै अवसरमा बमबहादुर थारु, दुर्गा थापा मगरलाई स्रष्टा सम्मान अर्पण गरिएको थियो भने टंकप्रसाद पराजुलीलाई “पाणिनीय व्याकरणे विष्णुराज आत्रेयस्य योगदानम्” शीर्षकको आचार्य स्तरको शोधपत्रका लागि प्रा.डा. विष्णुराज आत्रेय (लाटो साथी) अध्ययन-अनुसन्धान पुरस्कार प्रदान गरिएको थियो।

साथै कार्यक्रममा आज्ञा आत्रेय न्यौपानेको कविता सङ्ग्रह ‘लेखनी’ प्रीति आत्रेय ज्ञवालीको स्मृतिकाव्य ‘लाटो साथी’ तथा डा. अलङ्कार आत्रेयद्वारा लिखित लघुकथा सङ्ग्रह ‘अनवरत प्रेम’ तथा कपिलधामको संक्षिप्त परिचय पुस्तिकाको पनि लोकार्पण गरिएको थियो।

कार्यक्रम प्रा. डा. विष्णुराज आत्रेय (लाटो साथी) स्मृति प्रतिष्ठान तथा हिमलाल ज्ञवाली स्मृति प्रतिष्ठानको संयुक्त आयोजनामा सम्पन्न भएको थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *