नेपालसँग सीमा जोडिएका सबै देशहरूमाथि शतप्रतिशत कर लगाउने नेटो संगठनको धम्की
काठमाडौं । नेटोले भारत, चीन र ब्राजिलमा १००% कर लगाउने धम्की दिएको छ। भारत र चीन नेपालसँग सीमा जोडिएका ३ देशहरू हुन् । नेपालले यी २ देशबाहेक अरू देशहरूसँग सीमा साझा गर्दैन ।
नेटो महासचिव मार्क रुटले बुधबार भने ‘यदि तपाईं चीनको राष्ट्रपति, भारतको प्रधानमन्त्री वा ब्राजिलको राष्ट्रपति हुनुहुन्छ भने तपाईंले बुझ्नुपर्छ कि रूससँग व्यापार जारी राख्दा ठूलो घाटा हुन सक्छ।’
बुधबार अमेरिकी सिनेटरहरूसँग भेट गरेपछि पत्रकारहरूसँग कुरा गर्दै रुटले भने ‘तीन देशहरूले शान्ति वार्तालाई गम्भीरतापूर्वक लिन रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई दबाब दिनुपर्छ।’
रुटले तीन देशमाथि दोस्रो चरणको प्रतिबन्ध लगाउने धम्की पनि दिएका छन्। उनले भने ‘यदि यी देशहरूले रूसबाट तेल र ग्यास खरिद गर्न जारी राखे भने यी देशहरूमाथि १००% दोस्रो चरणको प्रतिबन्ध लगाइनेछ।’
यसैबीच, रुसी उपविदेशमन्त्री सर्गेई र्याबकोभले अमेरिका र नेटोको धम्कीलाई अस्वीकार गरे। उनले भने, ‘रुस ट्रम्पसँग वार्ता गर्न तयार छ, तर यस्ता अल्टिमेटम स्वीकार्य छैनन्।’
र्याबकोभले भने ‘आर्थिक दबाबका बाबजुद पनि रूसले आफ्नो नीति परिवर्तन गर्दैन र वैकल्पिक व्यापारिक मार्गहरू खोज्नेछ।’
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनलाई नयाँ हतियार उपलब्ध गराउने र रुसका व्यापारिक साझेदारहरूमाथि भारी कर लगाउने घोषणा गरेको बेला नेटो महासचिवको यो चेतावनी आएको हो।
अमेरिकाले अब युक्रेनलाई प्याट्रियट मिसाइल जस्ता आधुनिक हतियार दिने भएको छ ताकि उसले रुसी आक्रमणबाट आफूलाई बचाउन सकोस्।
No ads found for this position


डिसी नेपाल
Facebook Comment