सिरियामा इजरायली आक्रमणपछि अमेरिकाले भन्यो, ‘हिंसा अन्त्य गर्ने विषयमा सहमति भयो’
काठमाडौं । इजरायली सेनाले बुधबार सिरियाली राजधानी दमास्कसमा रहेको रक्षा मन्त्रालय र दक्षिणी सिरियामा रहेको सरकारी सेनामाथि आक्रमण गरेको छ।
यसैबीच, ड्रुज बहुल प्रान्तमा चौथो दिन पनि साम्प्रदायिक हिंसा जारी रह्यो।
इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले भने: “हामी हाम्रा ड्रुज दाजुभाइहरूको सुरक्षा गर्न र सिरियामा सशस्त्र गिरोहहरूलाई ध्वस्त पार्न काम गरिरहेका छौं।”
सिरियाली विदेश मन्त्रालयले इजरायललाई “छलपूर्ण आक्रमण” गरेको आरोप लगाएको छ।
आदिवासी बेदुइन र ड्रुज मिलिशिया बीचको द्वन्द्वमा हालसम्म ३०० जनाले ज्यान गुमाएका छन्।
अमेरिकी विदेशमन्त्री मार्को रुबियोले दक्षिणी सिरियामा भइरहेको हिंसाप्रति ‘धेरै चिन्तित’ रहेको बताएका छन्, तर उनले हिंसा चाँडै अन्त्य हुने विश्वास व्यक्त गरेका छन्।
उनले अबेर राति सामाजिक सञ्जाल प्लेटफर्म एक्समा लेखे , “हामी केही कदमहरूमा सहमत भएका छौं। यी कदमहरूले आज राति यो विचलित पार्ने र डरलाग्दो अवस्थाको अन्त्य गर्नेछन्।”
सिरियाको विदेश मन्त्रालयले ‘वर्तमान संकटको शान्तिपूर्ण समाधान’ खोज्ने अमेरिकी प्रयासको स्वागत गरेको बताएको छ।
हालसम्म इजरायलले यसबारे कुनै टिप्पणी गरेको छैन।







डिसी नेपाल







Facebook Comment