अमेरिकामा प्रहरी तालिम केन्द्रमा विस्फोट, तीन प्रहरी अधिकारीको मृत्यु

डिसी नेपाल
४ साउन २०८२ १२:०२
116
Shares

काठमाडौं । अमेरिकी अधिकारीहरूले लस एन्जलसस्थित काउन्टी शेरिफ विभागको तालिम केन्द्रमा भएको विस्फोटमा तीन प्रहरी अधिकारीको मृत्यु भएको बताएका छन्।

यो विस्फोट शुक्रबार बिहान ७:३० बजे (स्थानीय समय) मा भएको थियो।

अमेरिकी महान्यायाधिवक्ता पाम बोन्डीले एक्समा पोस्ट गर्दै घटनालाई ‘भयानक’ भनेकी छिन् र तीन अधिकारीको मृत्यु भएको पुष्टि गरेकी छिन्। उनले संघीय एजेन्सीहरू घटनास्थलमा पुगेर अनुसन्धान गरिरहेको बताइन्।

विस्फोटको कारण अझै स्पष्ट भएको छैन।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *