इजरायली गोलीबारीमा गाजामा सहायता केन्द्रहरूमा उभिरहेका ३२ जनाको मृत्यु
काठमाडौं । खानाको खोजीमा गाजामा सहायता केन्द्रहरूमा गएका कम्तीमा ३२ प्यालेस्टिनीहरू इजरायली गोलीबारीमा मारिएका छन्। गाजामा हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले यो जानकारी दिएको छ।
दक्षिणी गाजाको खान युनिस र रफाह नजिकै दुई राहत वितरण केन्द्रहरू नजिकै आक्रमण भएको थियो।
स्वास्थ्य मन्त्रालयले अमेरिका र इजरायली समर्थित गाजा मानवीय फाउन्डेसनका दुई केन्द्रहरू नजिक इजरायली गोलीबारीमा धेरै जना घाइते भएको बताएको छ।
जीएडएफले आफ्ना केन्द्रहरूमा वा वरपर कुनै घटना नभएको बताए पनि केन्द्रहरू खोल्नुभन्दा केही घण्टा अघि “इजरायली सेनाको गतिविधि” भएको थियो।
एक प्रत्यक्षदर्शीले समाचार एजेन्सी रोयटर्सलाई बताएअनुसार इजरायली गोलीबारी “मार्नको लागि गरिएको थियो”।
हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयका अनुसार ७ अक्टोबर २०२३ देखि गाजामा इजरायली आक्रमणमा ५८,००० भन्दा बढी मानिस मारिएका छन्।







डिसी नेपाल







Facebook Comment