दक्षिण कोरियामा बाढी र पहिरोमा परी कम्तीमा १४ जनाको मृत्यु

डिसी नेपाल
४ साउन २०८२ १६:१६
88
Shares

काठमाडौं । दक्षिण कोरियामा केही दिनदेखिको मुसलधारे वर्षाका कारण आएको बाढी र पहिरोमा परी कम्तीमा १४ जनाको मृत्यु भएको छ।

यो जानकारी दक्षिण कोरियाको विपद् व्यवस्थापन कार्यालयले दिएको हो। १२ जना अझै बेपत्ता रहेकाले मृत्यु हुनेको संख्या बढ्न सक्ने आशंका गरिएको छ। हाल उद्धार कार्य जारी छ।

आइतबारको भिडियो फुटेजमा पहिरो प्रभावित गाप्योङ शहरका मानिसहरू दलदल जस्तो हिलो हुँदै भत्किएको पुल पार गर्दै राहत शिविरमा गएको देखाइएको छ।

शनिबार बाहिर आएको अर्को भिडियो फुटेज अनुसार, दक्षिणको चुङचेओन क्षेत्रमा पहिरो गएपछि एउटा पूरै गाउँ हिलो र भग्नावशेषमा पुरिएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *