सीमा आभासको उपन्यास ‘महायुग’ सार्वजनिक

डिसी नेपाल
३ असोज २०८२ २०:०४
20
Shares

काठमाडौं। साहित्यकार सीमा आभासको पहिलो उपन्यास ‘महायुग’ आज सार्वजनिक गरिएको छ।

सो उपन्यासमा एक नारीको आत्मजागृतिको कथालाई एक पिँढीदेखि अर्को पिँढीसम्मका चार पुस्तामा चित्रांकन गरिएको जनाइएको छ।

पुस्तकबारे लेखिका आभासले भनिन्, ‘हाम्रो समाजले आफू अनुकूलको बन्धनभित्र स्त्रीलाई राख्ने गरेको छ तर स्त्रीभित्र जुन दबिएको स्त्री–शक्ति छ, त्यसलाई जागृत गराई बाँच्न चाहेको परिकल्पनामा मैले उपन्यास लेखेकी हुँ। स्त्रीको चेतनाअनुरुप नै यस उपन्यासमा एक महायुगको निर्माण गरेकी छु।’

बुकहिल सो पुस्तक प्रकाशन गरेको हो। ‘एक जिम्मेवार प्रकाशन संस्था भएकाले अहिलेको जेनजी पुस्ताले समेत नेपाली साहित्य पढून् भन्ने उद्देश्यले यो उपन्यास सार्वजनिक गरिएको हो। पुस्तक अवश्य पनि पाठकप्रिय बन्नेछ’, बुकहिलका अध्यक्ष भूपेन्द्र खड्काले भने।

कथा र कवितामा कलम चलाइरहेकी विद्रोही चेतलाई आफ्नो लेखनमा मुखरित गर्ने सीमा आभासको यस उपन्यासमा युगीन नारी हुंकारलाई प्रस्तुत गरिएको जनाइएको छ। ३६० पृष्ठको पुस्तकको बजार मूल्य ६९९ रहेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *