साहित्यले समाजलाई सुधारको बाटोमा लैजान्छ : पूर्वप्रम खनाल

डिसी नेपाल
४ माघ २०७६ २१:१६

काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेकपाका वरिष्ठ नेता झलनाथ खनालले साहित्यले समालाई सुधारको बाटोमा लैजाने बताएका छन् ।

नोबेल साकोस साहित्य प्रतिष्ठानले आयोजना गरेको कवि दिनानाथ पोखरेलका दुई कविता कृति ‘श्रद्धाञ्जलि’ र ‘मुटुभित्रको माटो’ लोकार्पण गर्दै उनले कला, साहित्य क्षेत्रको विकास बिना मुलुकको विकासले गति लिन नसक्ने बताए । “साहित्य समाजमा हुने राजनीतिक र आर्थिक व्यवस्थाको प्रतिविम्ब हो”, उनले भए, साहित्यकारले मुलुकको परिवर्तन र विकासमा पु¥याएको योगदान कहिल्यै बिर्सनु हुँदैन ।”

उनले साहित्यकारलाई आफूले प्रकाशन गरेको कृतिलाई देशका उच्च तहमा रहेको व्यक्तिले पाउने गरी वितरण गर्न आग्रह गरे । उनले साहित्यको व्यङ्ग्य र खबरदारीले शासन सत्तामा बस्नेलाई सचेत बनाउने भन्दै रचनात्मक खबरदारीको सधैँ आवश्यकता रहेको औँल्याए ।

लेखक पोखरेलले आध्यात्मिक र भौतिक दुवै दर्शनका कविता कृतिमा समावेश गरिएको बताए । प्राज्ञ देवी नेपालले पोखरेलका छन्दमा सिर्जना गरिएका कृतिले सिक्दै गरेका कविलाई ज्ञान प्रदान गर्ने बताए। प्रा डा राजेन्द्र सुवदी, डा गार्गी शर्मा, प्राज्ञ नन्दु उप्रेती, प्रतिष्ठानका अध्यक्ष सरस्वती गौतम, राजन न्यौपानेलगायतले मन्तव्य राखेका थिए ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *