सम्मेलनपछि ‘आश्चर्यजनक’ साझा वक्तव्य जारी गरेको क्वाडप्रति चीनका मिडिया के भन्दैछन् ?

डिसी नेपाल
१० असोज २०७८ १२:०७
536
Shares

काठमाडौं। अमेरिका, जापान, भारत र अस्ट्रेलियाका सरकार प्रमुखहरुले क्वाड शिखर सम्मेलन अन्तर्गत गत शुक्रबार बैठक गरे । क्वाड समूहका देशमा सरकार प्रमुखहरुको यो पहिले व्यक्तिगत भेटघाट थियो । चीनको सरकारी मिडिया ग्लोबल टाइम्सले यो बैठकलाई चीनको सन्दर्भमा रेखांकित गरेको छ । ग्लोबल टाइम्सका अनुसार शुक्रबार वाशिङ्टनमा क्याड देशहरुले चीनलाई ‘रोक्न’को लागि आपसी सम्बन्ध बलियो बनाउन बैठक गरे ।

ग्लोबल टाइम्सले भनेको छ ‘जानकारहरुका अनुसार बैठकका क्रममा अमेरिकी राष्ट्रपति जो बाइडेनले आफ्नो अनुवाद उपकरणमा खराबी आएको बताएका थिए । यो उदाउँदो ची विरोधी गुटको भविष्यको सूचक पनि थियो । अमेरिकाको घट्दो क्षमता र विश्वव्यापी परिस्थितिहरुमा आएको परिवर्तनका कारण चीनविरोधी यो गुट कुनै पनि किसिमले प्रभावकारी हुँदैन ।’

वाशिङटन पोस्टका अनुसार शुक्रबार भएको क्वाड देशको ये बैठकको उद्घोषण मुख्य रुपले भ्याक्सिन, जलवायु, प्राविधिक र अन्तरिक्ष सहयोगसहित अन्य मुद्दाबारे छलफल भएको थियो । पत्रकारहरुले चीन वा बेइजिङ जस्ता शब्द सुनेनन् तर क्वाड समूहको धेरैजसो एजेन्डाको ‘सब टेक्स्ट’ चीन थियो । अमेरिकी राष्ट्रपति जो बाइडेनले क्वाड समूहका देश अहिले कोभिड, जलवायु परिवर्तन र प्रोद्योगिक चुनौतकिो सामना गर्न एक मञ्चमा आएको बताएका थिए ।

अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले बाइडेनको टिप्पणीलाई नै दोहोर्याउँदै भनेका थिए ‘हामी एक स्वतन्त्र हिन्द प्रशान्त षेत्रमा विश्वास गर्छौं । किनकि यही एक मजबुत, स्थिर र समृद्ध क्षेत्र प्रदान गर्न सक्छ ।’ जापानका प्रधानमन्त्री योशिहिदे सुगाले क्वाड चार देशहरुको ‘एक अति महत्वपूर्ण पहल’ भएको टिप्पणी गरे । उनले क्वाडका सदस्य देशहरु समान मौलिक मूल्यहरु साझा गर्ने र कानुनको शासनको आधारमा हिन्द प्रशान्त षेत्रमा एक स्वतन्त्र र खुला अन्तर्राष्ट्रिय व्यवस्थालाई साकार पार्न सहयोग गर्ने बताए ।

चाइना फरेन अफेयर्स युनिभर्सिटीमा इन्स्टिच्युट अफ इन्टरनेशनल रिलेसन्सका प्राध्यापक ली हेडोंगेले ग्लोबल टाइम्ससँग भने ‘यी ४ देशका नेताहरुले चीनका विषयमा केही भनेका छैनन् र उनीहरुले चीनसँग मौजुदा गतिरोधबारे पनि उल्लेख गरेका छैनन् तर यो शिखर सम्मेलनको एजेन्डा चीनमा नै केन्द्रित थियो । यो एक यस्तो पहल हो जसको उद्देश्य विशेष रुपले पश्चिमी प्रशान्त क्षेत्रमा सहयोगको ब्यानरमुनि विवाद र टकरावलाई बढाउनु हो ।’

उनका अनुसार खोप आपूर्तिमा सहयोग र महामारीसँग लड्ने उपायको आडमा क्वाडका अन्य ३ देश आफ्नो वास्तविक उद्देश्य लुकाउन चाहन्छन् । यस्तो गरेर उनीहरु अन्तर्राष्ट्रिय समर्थन हासिल गर्न चाहन्छन् तर चीन र अन्तर्राष्ट्रिय समुदायले यस किसिमको निम्न स्तरीय रणनीति देखेका छन् । लीका अनुसार अमेरिका क्वाडका ४ सदस्य देशहरुबीच एकजुटता र समन्वय देखाउन चाहन्छ किनकि ऊ चीनसँग प्रतिस्पर्धा बढाउने प्रयास गरिरहेको छ ।

लीले भने ‘चीन र अमेरिकाबीच पहिलेदेखि नै तनावपूर्ण प्रतिस्पर्धा छ । यस्तोमा बाइडेन चीनसँग सम्भावित टकरावबाट बच्न चाहन्छन् र चीनविरुद्ध उक्साउने कारवाही गरिरहेका छन् । तर तथ्य यो हो कि उनी नाजुक स्थितिलाई सम्हाल्न असमर्थ छन् ।’ अमेरिकी मिडियाका अनुसार चार देशका नेताहरुको बीच भएको यो बैठकमा अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिंकन पनि सहभागी भए । लीका अनुसार ब्लिंकनको उपस्थितिले यो देखाएको छ कि क्वाड समूहलाई अगाडि बढाउने ब्लिंकन नै हुन् ।

शिन्ह्वा विश्वविद्यालयमा अन्तर्राष्ट्रिय सुरक्षाका फेलो सुन चेंगहाओले ग्लोबल टाइम्ससँग भने ‘चीनको उल्लेख नै नहुनु पनि क्वाड देशहरुबीच गतिरोधलाई देखाउँछ । हुन सक्छ उनीहरु सबै देश चीनको उदय नचाहने समान् विचारका होलान् तर चीनप्रति उनीहरुको नीति एक अर्काभन्दा फरक हुन सक्छन् ।’ शिखर सम्मेलनलाई निकै सार्थक बताइयो तर बैठकका क्रममा बाइडेनले एक कर्मचारीसँग आफ्नो अनुवादक उपकरणले काम नगरेको बताए । उनले यो कुरा माइकमै भने र अन्य नेताहरुले पनि सुने ।

सुनका अनुसार क्वाड शिखर सम्मेलन बाइडेन प्रशासनको नयाँ कदम हो तर अलग अलग सहयोगीसँग अलग अलग गठबन्धनको प्रभाव राम्रो हुँदैन किनकि अमेरिकाको ध्यान केन्द्रित छैन । यसले उसका सहयोगीमा असन्तोष बढाएको छ । क्वाड शिखर सम्मेलनअघि अमेरिकाले बेलायत र अस्ट्रेलियासँग अकुस सम्झौताको घोषणा गरेको थियो । यो कदमबाट फ्रान्स आक्रोशित छ । विश्लेषकका अनुसार अकुसले क्वाड शिखर सम्मेलनमा निश्चय प्रभाव पारेको छ किनकि जापान र भारत अकुसमा साझेदार छैनन् भने अस्ट्रेलिया साझेदार छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.