४ केजी हेरोइनसहित दुई विदेशीसहित ३ जना पक्राउ
काठमाडौं । प्रहरीले ४ केजी हेरोइनसहित दुई जना विदेशी र एक नेपालीलाई पक्राउ गरेको छ । कोटेश्वरस्थित लागूऔषध नियन्त्रण ब्युरोले उनीहरुलाई पक्राउ गरेको हो ।
विदेशबाट ल्याइएको सो हिरोइन भारत लैजाने क्रममा पक्राउ गरेको हो ।
यसअघि विदेशबाटै ल्याइएको प्रतिबन्धीत बजार मूल्य १ अर्ब २ करोड रुपैयाँ बराबरको ५१ केजी हेरोइन ब्युरोले नै बरामद गरेको थियो । प्रहरीले जेठ २६ देखि ३१ गतेसम्मको विशेष अपरेसनमा ब्युरोले २९ वर्षीया सीबीसी थान्देकिले, ४६ वर्षीया मुरायल केडुकवाजी थेम्बेनी एनसाम्बा, ३९ वर्षीया टिसावालाला खानयिजिले एम्भोने, ३६ वर्षीया रोजिना नोन्केले जन्जे, २९ वर्षीया मल्हाको मौरिन मथिबा, ३७ वर्षीया मोरोएसी सुजान कोफु र ३० वर्षीया मोर्लेस बाडेनहोर्स्टलाई पक्राउ गरेको थियो ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment