अख्तियारमा सबैभन्दा बढी उजुरी के मार्फत पर्छ ?

डिसी नेपाल
२ साउन २०७९ १२:०३
68
Shares

काठमाडौं। आर्थिक वर्ष २०७८/७९ मा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा भ्रष्टाचार सम्बन्धी २४ हजार २४१ उजुरी परेका छन्। यीमध्ये १६ हजार १४८ नयाँ र ८ हजार ९३ वटा उजुरी अघिल्लो आर्थिक वर्ष २०७७/७८ बाट सरेर आएका हुन्।

हरेक वर्ष अख्तियारमा भ्रष्टाचार सम्बन्धी हजारौंको संख्यामा उजुरी पर्नेगर्छ। उजुरीको स्रोत के हो त? अख्तियारमा कसरी उजुरी पर्छ त? अख्तियारका प्रवक्ता श्याम प्रसाद भण्डारीका अनुसार अख्तियारमा सबैभन्दा बढी उजुरी लिखित निवेदनमार्फत पर्नेगर्छ । आर्थिक वर्ष २०७८/७९ मा ४ हजार ४९५ वटा उजुरी लिखित निवेदनमार्फत परेका थिए।

दोस्रो ठूलो उजुरीको स्रोत हुलाक सेवा (चिठी) हो । गत वर्ष हुलाक सेवा मार्फत अख्तियारमा भ्रष्टाचार सम्बन्धी २ हजार ७६० वटा उजुरी परेका थिए।

तेस्रो ठूलो उजुरीको स्रोत हो-इमेल । इमेल मार्फत आर्थिक वर्ष २०७८/७९ मा २ हजार ७५७ वटा उजुरी परेका छन्। प्रवक्ता भण्डारीका अनुसार गत आर्थिक वर्ष समाचारपत्रहरुबाट २९०, फेसबुकमार्फत ९३, भाइवरबाट १५, आयोगको वेबसाइटबाट २ हजार १६५, मोबाइल एसएमएसबाट ४, टेलफोनबाट ७५०, मोबाइल एपबाट १०२ र अन्य स्रोतबाट २ हजार ७१७ वटा उजुरी परेका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *