पोखरेली कवि शिवु ढकालले ल्याए ‘हिउँका गुच्छाहरू’
पोखरा। पोखरेली कवि शिवु ढकालको कविता संग्रह ‘हिउँका गुच्छा’ सार्वजनिक भएको छ।
गीतकार प्रतिष्ठान, नेपालद्वारा शनिबार यहाँ आयोजित समारोहमा नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति एवं साहित्यकार सरुभक्तलगायतले कृतिको लोकार्पण गरे।
त्यस अवसरमा साहित्यकार सरूभक्तले ढकालका कवितामा दार्शनिक चेत प्रकट भएको, आफू बाँचेको समय र परिवेशलाई कवितामा अभिव्यक्त गर्न कवि सफल देखिएका बताए।
कृतिमाथि टिप्पणी गर्दै डा बाबुराम अधिकारीले ढकालका कवितामा नेपाली समाजको सग्लो चित्र उतारिएको बताए। उनले कवितामा अभिव्यक्त चिन्तन र दृष्टिकोण परिपक्व रहेको भन्दै ढकालको लेखनले केही मात्रामा बौद्धिक पाठकको अपेक्षा गर्ने धारणा राखे।
ढकालको यसअघि ‘क्वेस्ट फर भर्जिनिटी’ नामक अंग्रेजी उपन्यास प्रकाशित छ। जम्मा ६१ वटा कविता संग्रहसहित उक्त कृति पेज टर्नर प्रालिले प्रकाशन गरेको हो।
No ads found for this position

डिसी नेपाल
Facebook Comment