घाँस काट्ने क्रममा लडेर दुई जनाको मृत्यु

डिसी नेपाल
५ जेठ २०८२ २१:५०
256
Shares

दमौली (तनहुँ)। यहाँको ऋषिङ गाउँपालिका–३ सोलुङमा घाँस काट्ने क्रममा लडेर आज दुई जनाको मृत्यु भएको छ। सोलुङस्थित कटोर्के सामुदायिक वनमा घाँस काट्न गएका दुई महिलाको लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

मृत्यु हुनेमा सोही वडा बस्ने ६२ वर्षीया श्रीमाया राना र देवघाट गाउँपालिका–२ बस्ने २६ वर्षीया खिमसरा मगर रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक अशोक थापाले जानकारी दिए।

बिहान ७ बजेको समयमा घाँस काट्न गएका उनीहरु नफर्किएपछि खोजतलास गर्ने क्रममा घाँस काटेको स्थानदेखि अन्दाजी एक सय मिटर तल उनीहरुको शव भेटिएको थियो। घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *