खाइराइड हास्यव्यङ्ग्य पुरस्कार घोषणा

डिसी नेपाल
४ पुष २०८२ १०:२६
20
Shares

काठमाडाैं। नेपाली हास्यव्यङ्ग्य साहित्यको उन्नयन र विकासका लागि हास्यव्यङ्ग्यकार राजेन्द्र कार्कीद्वारा स्थापना गरिएको “खाइराइड हास्यव्यङ्ग्य पुरस्कार का लागि मंसिर १, २०८२ को सयम अवधि तोकी विद्यालय तहको ‘हास्यव्यङ्ग्य निबन्ध प्रतियोगिता-२०८२ का लागि बाङ्गा अक्षरले निबन्ध आह्वान गरेको थियो।

देश भरिका कक्षा १२ सम्म अध्ययनरत विद्यार्थीबाट प्राप्त निबन्धको मूल्याङ्कनको आधारमा प्रथम, द्वितीय र तृतीय छात्रछात्रा घोषणा गरिएको छ।
उक्त प्रतियोगितामा कुसुम घिमिरे प्रथम, साईमन घिमिरे द्वितीय र अनुश्री आचार्य र विनिता प्रधान क्रमशः तृतीय भएका छन्।

काठमाडौंमा २०८२ पुस १२ गते एक कार्यक्रम आयोजना गरी प्रथमलाई नगद बीस हजार, द्वितीयलाई नगददश हजार र तृतीय दुई जनालाई नगद पाँच हजारसहित सम्मान-पत्र बाङ्गा अक्षर द्वारा अर्पण गरिनेछ।

छात्रा कुसुम घिमिरे काभ्रे इङ्गलिश माध्यामिक विद्यालय पनौती, काभ्रेमा कक्षा १२ मा अध्ययनरत छिन् । छात्र साईमन घिमिरे र छात्रा अनुश्री आचार्य डियरवाक सिफल स्कुल सिफल, काठमाडौंको क्रमशः कक्षा १२ र १० मा अध्ययरत छन् । त्यस्तै विनिता प्रधान सिद्देश्वर माध्यामिक विद्यालय दाँवा, भोजपुरको कक्षा १२ मा अध्ययनरत छिन्।

हास्यव्यङ्ग्यकार तथा सिस्नोपानी नेपालका अध्यक्ष लक्ष्मण गाम्नाङ्गे, कवि तथा साहित्यकार डा. ऋषि बस्ताकोटी र हास्यव्यङ्ग्यकार गायत्री लम्साल रहनु भएको मूल्याङ्कन समितिले गरेको मूल्याङ्कनका अधारमा प्रथम, द्वितीय र तृतीय घोषणा गरिएको हो। हास्य र व्यङ्ग्यको प्रभावकारिता, विषयवस्तु र सान्दर्भिकता, मौलिकता र सृजनशील प्रस्तुति, भाषा र शैली, संरचना र तादम्यतालाई मूल्याङ्कनका आधार बनाइएको थियो।

प्रथम, द्वितीय र तृतीय हुनु हुने छात्रछात्रालाई बाङ्गा अक्षर बधाई ज्ञापन गर्दछ। साथै, निबन्ध प्रतियोगितामा भाग लिनु हुने सम्पूर्ण छात्रछात्राहररूलाई समेत धन्यवाद सहित लेखन कार्यलाई निरन्तरता दिनुहुन बाङ्गा अक्षर अनुरोध गर्दछ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.