वीरगन्जमा सद्भाव र्याली
वीरगन्ज (पर्सा)। सामाजिक सद्भाव कायम गर्न वीरगन्जमा सर्वदलीय, सर्वपक्षीय सद्भाव र्याली आयोजना गरिएको छ। जिल्ला प्रशासन कार्यालय पर्साबाट निस्केको र्याली घण्टाघर पुगेर सम्पन्न भएको थियो।
सुनसरीको कप्तानगन्ज घटनापछि मधेस प्रदेशका विभिन्न जिल्लामा बढ्दो समस्याका बीच पर्सामा शान्ति, सुरक्षा र सद्भाव कायम राख्ने उद्देश्यले सद्भाव र्याली निस्केको पर्सा क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्य हरि पन्तले जानकारी दिए।
जिल्ला प्रशासन कार्यालय पर्साको आयोजनामा निस्केको सद्भाव र्यालीमा पर्सा १ का सांसद पन्तसहित क्षेत्र नं २ का सांसद सुशीलकुमार कानु, क्षेत्र नं ३ का सांसद रामाकान्त चौरसिया, वीरगन्ज महानगरपालिकाका कार्यवाहक मेयर इम्तियाज आलम तथा विभिन्न राजनीतिक दलका प्रतिनिधिलगायतको सहभागिता रहेको थियो।
यसैबीच पर्साका प्रमुख जिल्ला अधिकारीबाट वीरगन्जमा आज साँझ ५ः०० बजेदेखि शनिबार बिहान ६ः०० बजेसम्म निषेधाज्ञासमेत जारी गरिएको छ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment