विदेशिएको हुँ सायद म!
दीपक गौतम
रौनकता अवश्य छ
त्यसका बिषयमा कुनै दुईमत नै रहेन।
जंजिरले बेरिएका छन्
जसलाई खुला आँखाले देख्दै देखिदैन।
खै कस्तो भनु परदेशी पिडा हो कि सुस्ख
जसलाई बयान गर्न सकिन।
लाखौं करोडौं सपनाहरूको महल ठहराई
अनगिन्ती सोच हरूलाई साकार तुल्याउन
विभिन्न कारण अनि वितृष्णाहरू पन्छाउन
विदेशिएको हुँ सायद म!
सम्पन्नताले भरिएको शहरमा वेदना बिसाउन्
पारिवारिक चाहना हरूलाई रङ्ग भर्न
अनेकौं वाधा अनि अड्चनहरू लछारपछार गर्न
विदेशिएको हुँ सायद म!
उजाड मरूभुमिको कर्मथलोलाई पसिनाले मलिलो बनाउन
पसिना सङ्गै मनको सबै चिन्ता हरूलाई पखाल्न्
जिन्दगीका विभिन्न उकाली ओराली हरूलाई मनन गर्न।
विदेशिएको हुँ सायद म!
विमानस्थलमा काठको बाकस हरूको यथार्थ बुझ्दाबुझ्दै पनि
विदेशिएका हरूको अनौठो शैलीले भएको मृत्यु देख्दादेख्दै पनि
डर (एक किसिमको) मनमा पैदा हुदाहुदै पनि।
विदेशिएको हुँ सायद म!
दीपक गाैतम
No ads found for this position

डिसी नेपाल
Facebook Comment