कविता–‘मौसम हैन उनको प्रेम’– विष्णु सिंह (बैजु)

डिसी नेपाल
२८ जेठ २०७६ १२:४८

कति बादल गर्जे,
कति बर्षात आए।
तर न उनको खबर आयो,
न उनि नै फर्के।

कुर्दा कुर्दै कति समय बिते,
हेर्दै रातको जुनलाई।
अब त कतिपयले भन्न थाले
“बिर्सी देउ उनलाई।”

तर पर्वाह छैन उनलाई,
कसले के के भन्छन्।
आस्था हुने मानिस,
आफ्नो बिस्वासमा अडछ्न्।

के त्यस्तो आस्था,
के त्यस्तो विश्वास,
जारी नै छ उनको प्रतिक्षा,
अनि मिलन हुने आश।

अन्यौलग्रस्त देशमा
गरि खाने केहि रहेन,
त्यसैले भविश्यको लागि
युवाले विदेश नगई भएन।

“राम्ररी घरको हेरचाह गर्नु,”
भन्दै विदेशिएका उनी।
आस्थामा अडिएको प्रेम,
कुर्छिन् उनी यस जुनी

तर मन त्यसै भक्कानिन्छ,
सम्झी मिठा कुरा उनका।
“आफूलाई सम्हाल्नु ल”
भन्दै ललाट्मा चुमेका।

विसम परिस्थिति सहने,
संस्कारयुक्त नेपाली नारी।
मौसम हैन उनको प्रेम,
जो धैर्य नगरी बदली रहने।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *