बीबी थापाका २७ गीति एल्वम तथा २ पुस्तक एकैसाथ लोकार्पण
काठमाडौं । संभवत विश्वकै इतिहाँसमा नयाँ रेकर्ड कायम राख्दै वरिष्ठ गीतकार बीबी थापाको एकै साथ २७ गीति एल्वमहरु लोकार्पण गरिएको छ।
नेपालका प्रथम उपराष्ट्रपति सम्माननिय परमानन्द झाले २७ गीति एल्वम एवं दुई पुस्तकको लोकार्पण गरेका हुन्।
छायाँछबि क्रियशनको आयोजनामा सम्पन्न यस लोकार्पण कार्यक्रममा बरिष्ठ चलचित्र निर्देशक एवं साहित्यकार यादब खरेल, बरिष्ठ संगीतकार शक्ति बल्लभ, बरिष्ठ गीतकार दीनेश अधिकारी, बरिष्ठ गायक प्रकाश श्रेष्ठ, बरिष्ठ गीतकार रत्न शमशेर थापा, गीतकार संघका अध्यक्ष चुणामणी देवकोटा, बरिष्ठ गायक जगतमर्दन थापा, प्राध्यापक डा. हेमनाथ पौडेल विशिष्ठ अतिथिका रुपमा थिए।
कार्यक्रममा स्स्वागत मन्तब्य राख्दै वरिष्ठ पत्रकार एवं छायाँछबिका अध्यक्ष शान्तिप्रियले नेपाली संगीतकै इतिहाँसमा एकै साथ २७ गीति एल्वम एवं दुई पुस्तक लोकार्पण हुनु गौरवान्वीत बिषय भएको बताए। प्रियले एकै गीत निकालेर त्यसैको म्यूजिक भिडियो बनाई युट्यूब भ्यूअर्स गन्ने बर्तमान समयमा २७ एल्वम प्रकाशित गर्नु सबैका लागि चुनौति भएको बताए।
कार्यक्रममा गीति एल्वमका श्रष्टा बीबी थापाले आफूले गरेको मेहनत सार्थक भएको बताए। कसैलाई कुनै चुनौति दिनुभन्दा पनि आफ्नो प्रयास नेपाली संगीतको विकासमा कुनै एक इट्टा बन्न सकेमा त्यो नै उपलब्धि हुने बताए।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि गणतन्त्र नेपालका प्रथम उपराष्ट्रपति परमानन्द झाले विश्वमै विरलै भेटिन सकिने यस्तो गतिविधि गीनिज बुक अफ वल्ड रेकर्डस्मा दर्ता हुनुपर्ने बताए। बी.बी. थापाले नेपाली संगीतलाई ठूलो गुन लगाएको समेत प्रथम उपराष्ट्रपति झाले जिकीर गरे।
कार्यक्रममा दिल एक धड्कन अनेक गजल संग्रह तथा आशक्ति गीत संग्रहको लोकार्पण गरिएको थियो।
यस्तै कार्यक्रममा लोकार्पण गरिएका २७ एल्वमहरुमा क्यरेट, ओण्डरफूल ड्रिम, लभ गुरु, मायाको डुंगा, मान्छे, कबूल, दिलवाली, एक जमानापछि, सुर संगम, टाढा, मोहिनी, प्रेम पुजारी, घुम्टो, मेरो हजुर, क्लासिक हिट्स्, नशा मिलाएर पानी, नशा रमरौस, नशा मायाको बिर्को, ओ सेरी, क्रेजी लभर, गागलफेदी, अगेन इन लभ, प्रेमनगर, म को हुँ, प्रेमबर्ष, प्रभु पद, र अन्तिम यात्रा रहेको थियो। जसमा १४५ गीतहरु समावेश रहेका छन्। गीतलाई बी.बी. थापा इन्टरटेनमेन्टले प्रकाशन गरेको हो।
कार्यक्रममा विभिन्न ५ गीतहरुका भिडियो देखाइएको थियो। जीवन रसाइली, सुब्रत आचार्य एवं हेम प्रभाषले निर्देशन गरेको भिडियोमा गम्भीर विष्ट, प्रदिप बास्तोला, एलिशा राई, श्रीदेव भट्टराई, अनामिका चौलागाई, जेवीका कार्की आदि फिचरिङ थिए।
कार्यक्रममा एल्वममा समावेस भएका गीतसंगीतका विभिन्न श्रष्टाहरुलाई आभार पत्र एवं सम्मान प्रदान गरिएको थियो भने कार्यक्रम संचालन दिनेश डीसीले गरेका थिए।
No ads found for this position

डिसी नेपाल
Facebook Comment