युवा लेखक आकाश बरालको उपन्यास ‘‘स्पर्श’’ बजारमा

डिसी नेपाल
२८ जेठ २०७६ १२:५१

काठमाडौँ । युवा लेखक आकाश बरालको ‘‘स्पर्श’’ उपन्यास अहिले बजारमा आएको छ  । विशेषगरि युवा लक्षित यस उपन्यासको यथार्थपरक कथा साथै फरक भाषाशैलीले पाठकहरूको मन जितिरहेको छ ।

आकास बरालको यो उपन्यास पहिलो हो । उनी चलचित्र क्षेत्रमा पटकथा लेखकका रुपमा कार्यरत छन् ।

उपन्यास उपत्यका भन्दा दुर दराजमा रहेको शहर तानसेनदेखि काठमाडौँ पढ्न भनी आएको पात्र वेद अर्यालको कथामा आधारित छ । मनमा सयौँ सपना बोकेर काठमाडौँ आएको उसको भेट सपना देख्न छोडेकी अक्षता भन्ने केटीसँग हुन्छ । ऊसँगको भेटपछि वेदले आफूले बोकेको सपना साँच्चै आफ्नो हो या अरु कसैको छुट्याउन सक्दैन ।

अब के उसले आफ्नो सपना पुरा गर्छ ? कथा यसैको वरिपरि घुम्छ ।

उपन्यास उपत्यका तथा उपत्यका बाहिर सबैतिर उपलब्ध छ । विदेशमा रहेर स्पर्श पढ्न चाहनेहरूका लागी अनलाइन अर्डरको पनि सुविधा रहेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *