जहाँ मुर्खको पूजा गरिन्छ, झगडा हुन्छ, त्यहाँ दुख कहिल्यै सकिँदैन
काठमाडौं। जति बेला भारत विभिन्न राज्यमा विभाजित थियो, त्यसपछि आचार्य चाणक्यले भारतलाई सिंगो मुलुक बनाएका थिए। चाणक्यले एक जना सामान्य बालक चन्द्रगुप्पलाई अखण्ड भारतको सम्राट बनाए।
चाणक्यले जीवनलाई सुखी र सफल बनाउन नीति शास्त्रको रचना गरे। यो नीति शास्त्रमा उल्लेख भएका कुरालाई हामीले आफ्नो जीवनमा उतार्ने हो भने हामी धेरै समस्याबाट बच्न सक्छौं।
चाणक्य नीतिमा लेखिएको छ–
मूर्खा यत्र न पूज्यन्ते धान्य यत्र सुसंचितम्।
दंपतोस् कलहो नास्ति तत्र श्रीस् स्वयमागता।।
यो चाणक्य नीति ग्रन्धको तेस्रो अध्यायको २१ औं श्लोक हो। यो नीति श्लोकमा चाणक्य भन्छन्–जुन ठाउँमा मुर्खको पूजा हुँदैन, त्यहाँ मात्र ज्ञानीको सम्मान हुन्छ। ज्ञानी पुरुषको कुरामा विश्वास गरिन्छ।
जहाँ धन–धान्य पर्याप्त मात्रामा संग्रहित गरिन्छ, अन्नको एउटा मात्रै दाना पनि व्यर्थै फ्याकिँदैन, जुन घरमा श्रीमान–श्रीमतीबीच विवाद हुँदैन, जहाँ सबैले एकअर्काप्रति प्रेम गर्छन्, त्यहाँ लक्ष्मी माता स्वयं आउनुहुन्छ। त्यस्तो ठाउँमा सुख–समृद्धि सधैं कायम रहन्छ।’
जो मानिस मुर्खको पूजा गर्छन्, अर्थात मुर्खको सेवा गर्छन्, जहाँ धन–धान्यका अपमान गरिन्छ, धन संग्रहित गरिँदैन, जुन घरमा श्रीमान–श्रीमतीबीच सधैं झगडा हुन्छ, त्यहाँ लक्ष्मीको बास हुन सक्दैन। लक्ष्मीकाृ कृपा विना यी गलत कामका कारण परिवारको धन नष्ट हुन्छ।
त्यसकारण मुर्खको संगतबाट बच्नुपर्छ। खाना थालमा कहिल्यै पनि छोड्नु हुँदैन। परिवारमा प्रेम बनाइराख्नुपर्छ। यदि यसो गरेको अवस्थामा जीवन सधैं सुखमय हुन्छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment