कविता : मसानघाटमा छ मेरो देश !

डिसी नेपाल
२१ साउन २०७६ १२:५२

मेरो देश आज दलदलमा छ

ढलढलमा छ,

अनि पहीरो , बाढी र

रोदनमा छ,

त्यसैले म भन्छु

मेरो देश मसानघाटमा छ।

मेरो देश शान्त छैन

मेरो देशको नेता नेता हाेइन

भ्रष्टाचारको दलदलमा

नेताको ढलढलमा छ

त्यसैले म भन्छु मेरो देश मसानघाटमा छ।

नेता नेता हाेइनन्

केवल जनताको रगत चुस्ने जुका

जनता जताततै छटपटिँदै छन्

भोका र रोगग्रस्त छन्

ब्याकुल ब्याकुल र छटपटीमा छन्

त्यसैले म भन्छु मेरो देश मसानघाटमा छ।

‘रअ’ आयो रे चिलगाडी ल्यायो रे

देश बेच्ने ऐजेन्डा दियो रे

तर मेरो नेता नेता हाेइनन्

केवल कुर्सीको जुका,

जनताको रगत र पसिनाको जुका

त्यसैले म भन्छु देश , देश रहेन

केवल छटपटाइरहेको पंछी!

फगत पन्छी।

राष्ट्रपति आकासमा

जनता आउँछन् बाकसमा,

केवल रातो कात्रोमा लपेटिए

तर मेरो सरकार सुतेको छ,

रेमिट्यान्समा लुतेको छ

ऊ गन्दै छ लाश

अनि बाचेका जनताको सास

त्यसैले म भन्छु मेरो देश छटपटाइरहेको छ

मेरो देश मसानघाटमा छ।

केवल मर्न नसकेको

लुतो लागि कुहिएकाे कुकुर जस्तो

नेताको बोली सुन्दा कस्तो कस्तो

सुकिला र मुकिला छन् नेता

जताततै चिच्याहट र बलात्कार

देश जादैँछ कताकता

त्यसैले म भन्छु मेरो देश
मसानघाटमा छटपटाई रहेको छ

छटपटाइ रहेको छ।

हाल  टोकियो जापान




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *