अल्मलिएको कांग्रेस, विवादमा फसेको नेकपा र उदाउँदो शक्ति समाजवादी पार्टी – Dcnepal

अल्मलिएको कांग्रेस, विवादमा फसेको नेकपा र उदाउँदो शक्ति समाजवादी पार्टी

फाइल


पछिल्लो समय मुलुकमा पार्टी पद्धति खारिँदै, माझिँदै र भरपर्दो हुँदै आएको छ। त्यसमा पनि समाजवादी पार्टीले आफूलाई वैकल्पिक शक्तिका रुपमा विकास गर्दै लगेको छ। अहिले समाजवादी पार्टीलाई आश गर्न सकिने तर, भर पर्न नसकिने भनेर टिप्पणी हुन थालेको छ।

जसमा खारिएका, माझिएका, परिपक्व बाबुराम भट्टराई, उपेन्द्र यादव, अशोक राई र राजेन्द्र श्रेष्ठलगायतका नेता संगठित भएर, मिलेर एउटा सशक्त राष्ट्रिय राजनीतिक शक्तिको रुपमा समाजवादी पार्टी अगाडि आइरहेको अवस्था छ।

समाजवादी पार्टी अहिले ठूलो र शक्तिशाली छैन। उसको संघीय संसदमा संख्यात्मक उपस्थिति न्यून छ तर यो स्थितिबाट पार्टी अगाडि बढेर आफूलाई विस्तार गर्न सक्ने सम्भावना बलियो छ। देशमा अहिलेका ठूला शक्तिहरु नेकपा र कांग्रेसभित्रको अवस्था हेर्दा त्यसको फाइदा समाजवादीले उठाउन सक्ने देखिएको हो।

सत्तामा भएको राजनीतिक दल नेकपाको संगठनात्मक खिचातानी र पदीय भागवण्डा लगायत सैद्धान्तिक रुपमै आपसमा विमति राखेर भइरहेको जुन द्वन्द्व छ, त्यो द्वन्द्व हेर्दा अनि कांग्रेसमा नीति र सिद्धान्त वा विचारका आधारमा नेतृत्व दिन सक्षम अर्को नेता तयार भएर कांग्रेसलाई संगठित रुपमा हाँक्न र जनताको विश्वास जित्न सक्ने त्यस्तो नेतासम्म नहुँदासम्म त्यसको फाइदा समाजवादी पार्टीले पाउने देखिन्छ।

समाजवादी पार्टी अहिले ठूलो र शक्तिशाली छैन। उसको संघीय संसदमा संख्यात्मक उपस्थिति न्यून छ तर यो स्थितिबाट पार्टी अगाडि बढेर आफूलाई विस्तार गर्न सक्ने सम्भावना बलियो छ। देशमा अहिलेका ठूला शक्तिहरु नेकपा र कांग्रेसभित्रको अवस्था हेर्दा त्यसको फाइदा समाजवादीले उठाउन सक्ने देखिएको हो।

कांग्रेसमा लिगेसीका आधारमा हेर्दा एक पटक विपी पुत्र शशांक कोइरालालाई मौका दिनुपर्छ भन्ने आवाज पनि सुनिन थालेको छ। वा कोइराला परिवारको अन्य कुनै शसक्त व्यक्तिलाई नै फेरि एक पटक नेतृत्व दिनुपर्छ भन्ने माग कार्यकर्ताबाट आएको स्थिति छ। होइन भने कांग्रेसमा अहिले भइरहेको नेतृत्वबाट कांग्रेस पुनर्जीवित हुने र जनताको विश्वास जित्न सक्ने संभावना कम छ।

समाजवादी पार्टीले सबैलाई समेट्ने र संगठित हुने अझ समाजवादीले राजपासमेतलाई एकीकरण गरेर मिलाउने, पदको लोभ लालचमा नपरी राष्ट्रिय शक्तिको रुपमा राष्ट्र हाँक्न सक्ने हिसावले यदि अगाडि बढेको हो भने संभावना छ।

दूरदराजबाट जनताको समस्या बुझेर, जनस्तरबाट संघर्ष गरेर आएका नेताहरु समाजवादी पार्टीमा पनि छन्। राज्य हाँकेका अनुभव भएका नेता पनि त्यो पार्टीमा छन्। देशी विदेशीको नेपालमाथिको हेर्ने दृष्टिकोण र तीसँग गर्नुपर्ने व्यवहार र सुधार गर्नुपर्ने सम्बन्धलाई बुझेका नेतापनि त्यो दलका छन्।

समाजवादी अहिले नै तेस्रो शक्तिको रुपमा देखिएको पनि छ, तर आउने दिनमा समाजवादी पार्टी एउटा सशक्त राजनीतिक दलको रुपमा उदय हुनसक्छ।  नेकपाको आलोचना नगरी, कांग्रेसको आलोचना नगरी समाजवादी पार्टीको उदय र संभावनाको कुरा गर्दैगर्दा परम्परागत पुरातनवादी, जो राप्रपाको नाममा आपसमा संगठित हुन खोजिरहेका छन्, त्यो शक्ति २०४६ सालको परिवर्तन पछि जतिपनि राप्रपाका नामबाट राजनीति भयो, आपसमा संगठित हुन, विचारमा प्रतिवद्ध हुन र लोभ लालच र मोहमा नपरेर जनताका नाममा काम गर्न खोज्ने त्यागी नेता त्यो समूहमा देखिएन।

लेखक

त्यसैले पनि राप्रपाको संभावना यदाकदा राजनीतिक अस्थिरतामा फाइदा दिनु बाहेक संगठित हुन र राज्यलाई नेतृत्व दिन वा राज्य हाँक्न भने यो शक्तिलाई समय लाग्छ। अहिले नै जनताले विश्वास गरिहाल्ने अवस्था छैन।

बरु, तेस्रो शक्तिको रुपमा उदय हुन थालेको समाजवादी पार्टीले सबैलाई मिलाउँदा र उदार हुँदा राज्य संयन्त्र संचालन गर्ने नेतृत्व नपाउला भन्न सकिँदैन। नेकपामा देखिएको विग्रहको संभावना र कांग्रेसमा देखिएको एक अर्काको नेतृत्व अस्वीकार गर्ने प्रवृत्तिले कतै समाजवादीका नेता यही संसदको कार्यकालमा नेतृत्वमा पुग्न नसक्लान भन्न पनि सकिँदैन। सबै कुरा अगाडि सम्भावित छन्। सबै कुराको संभावना छ।

मुलुकमा राज्यका स्थायी संरचना कुनै न कुनै रुपमा आवश्यक छ भनेर चर्चा हुन थालेको छ। हिन्दु सापेक्ष राज्य र राजतन्त्र, अधिकारविहीन राजा र राजतन्त्र यो मुलुकलाई चाहिने रहेछ भनेर चर्चा हुन थालेको छ।

लागू गरिए पनि पूर्ण रुपमा कार्यान्वयन हुन नसकेको संघीयता आर्थिक दृष्टिकोण र भौगोलिक दृष्टिकोणले चल्न नसक्ने परिस्थिति देखिँदैछ। एकात्मक राज्य प्रणाली नै चल्ने र चलाउने हो भने राजसंस्थाको कुनै न कुनै हिसावले आवश्यकता देखियो।

केही नागरिक अगुवाहरुले राजनीतिक दलका नेतालाई भेटेर शाह वंशीय परिवारलाई संसदबाट निर्वाचित रहने गरी राजसंस्थाको व्यवस्थाका लागि मध्यस्थता गरिरहेको चर्चा छ। त्यतिमात्रै होइन केही समय अगाडि भारतीय गुप्तचर संस्था रअका प्रमुख र साउथ ब्लकका पदाधिकारीले पनि यो विषयमा शीर्ष नेतासँग छलफल गरिरहेको भन्ने चर्चा छ।

आकस्मिक रुपमा प्रचण्डको दुबई भ्रमण, फलोअप, चेकअप र आरामका लागि प्रधानमन्त्रीको सिंगापुर भ्रमण पनि त्यसैको एउटा पाटोको रुपमा चर्चा गर्न थालिएको छ। त्यसमा पक्कै पनि विदेशी मित्रसँगको भेटघाट परामर्श भएको बुझाइ छ। अहिले पूर्व राजाको थाइल्याण्ड भ्रमण र केही राजनीतिक व्यक्तिको उच्च तहबाट पनि थाइल्याण्ड भ्रमण संयोग हो वा नियत भन्ने प्रश्न पनि छ।

केही नागरिक अगुवाहरुले राजनीतिक दलका नेतालाई भेटेर शाह वंशीय परिवारलाई संसदबाट निर्वाचित रहने गरी राजसंस्थाको व्यवस्थाका लागि मध्यस्थता गरिरहेको चर्चा छ। त्यतिमात्रै होइन केही समय अगाडि भारतीय गुप्तचर संस्था रअका प्रमुख र साउथ ब्लकका पदाधिकारीले पनि यो विषयमा शीर्ष नेतासँग छलफल गरिरहेको भन्ने चर्चा छ।

यसरी हेर्दा भारतको नियत र चीनको परिवर्तित सोचले नेपाल एउटा असल मित्र र बोर्डर राष्ट्रको रुपमा दुवै देशले शान्ति, स्थायित्व र स्थायी संरचनाको रुपमा राजतन्त्र उपयुक्त हुने निष्कर्षमा कतै भारत र चीन पुगेका त होइनन्? अर्थात पश्चिमा मुलुकको प्रभाव कम गर्न र क्रिश्चियनको प्रभावलाई कम गर्न हिन्दू सापेक्ष राज्य र अधिकार विहीन राजा बनाउन पहल गरेका त होइनन्?

भारतको चाहना यही हुन सक्ने आधारहरु पनि छन्। भारतको त नीति नै नेपालमा हिन्दू सापेक्षता र राजतन्त्र हो। भारतको सत्तामा हिन्दूवादी भारजपा रहेकोले पनि भारतको चाहना यही भएको कुरामा आशंका गर्ने ठाउँ छेन । चीन हिन्दूवादी र राजावादी होइन तर उसले पनि पश्चिमा र क्रिस्चियनहरुलाई रुचाउँदैन। पश्चिमा र क्रिचियनको प्रभाव रोक्न चीनको लागि पनि नेपालमा हिन्दू सापेक्षता र राजतन्त्र उत्तम विकल्प हुन सक्छ ।

अहिलेको परिस्थिति हेर्दा नेकपामा सैद्धान्तिक रुपमा एकता छैन। सैद्धान्तिक विमतिले राजनैतिक दललाई एक ढिक्का हुन दिँदैन। नेपालका कम्युनिस्टहरु पटक पटक विभाजित भएका हुन् र नेकपा पुनः विभाजित हुने सम्भावना पनि बलियो छ । यस्तो स्थितिमा विभाजित नेकपाको एक पक्षले समाजवादीलाई समर्थन गरिदिने सम्भावनालाई नकार्न सकिन्न।

उता कांग्रेस सभापति शेरबहादुर देउवाले समेत उपेन्द्र यादव सत्ताको नेतृत्वमा जाने स्थिति भएमा उनलाई समर्थन गर्ने आश्वासन दिइसकेको चर्चा छ। यदि यतो भएमा समाजवादी पार्टी सत्तामा पुग्ने स्थितिलाई नकार्न सकिन्न। अर्कोतर्फ भारत र चीन दुवैले विश्वास गर्ने पात्र पनि उपेन्द्र यादव हुने। उपेन्द्रको पृष्ठभूमि कम्युनिस्ट भएका कारण उनलाई चीनले विश्वास गर्छ भने उनी मधेसी भएका कारण भारतले विश्वास गर्छ। देशभित्रको राजनैतिक समर्थन जुटेमा भारत र चीनले समेत उनलाई प्रधानमन्त्री बनाउन सघाउने अनुमान गर्न सकिन्छ।

Facebook Comment


सम्बन्धित खवर

ताजा भिडियो