‘के छैन नेपालमा?’

डिसी नेपाल
१ भदौ २०७६ २३:५८

के छैन नेपालमा!
सर्वोच्च शिखर सगरमाथा
महाभारत र चुरे पहाड
जहाँबाट हत्केलाले घाम छेकेर हेरे
देखिन्छ
कामको खोजिमा
खाडिको तातो घाममा खलखल
पसिना चुहाइरहेका नेपालीहरू
अमेरिकाको ग्यास स्टेशनमा
लुटेराको तातो गोलीले मरेका
नेपालीहरूको सम्झना

के छैन नेपालमा!
बिर शम्सेरले बनाएको बीर अस्पताल
च्याउ उम्रे जस्ता
निजी अस्पताल र मेडिकल कलेजहरु
समाचारमा सुनिन्छ
उपचारको खोजिमा
भारत, सिंगापुर र अमेरिका
प्रधानमंत्री र अध्यक्षज्यू लगायत
साधारण सर्वसाधारण जनता
धाइ नै रहेका छन्
रोग बिसेक हुने बिश्वासमा

के छैन नेपालमा!
चन्द्र शम्सेरले बनाएको त्रि-चन्द्र कलेज
त्रिभुवनको नाममा त्रिभुवन विश्वबिद्धालय
मंहगा मंहगा अनेकौँ
निजी कलेज र विश्वबिद्धालयहरू
त्यैपनि विद्धार्थीहरु
भिसाको लाइनमा छन्
विदेशककै शिक्षा राम्रो मानेर
या विदेशकै सरसुविधा राम्रो ठानेर

के छैन नेपालमा!
तर पनि किन नेपाली
बिदेशै तिर जान खोज्छन्
हिमालको हिउँ जस्तै
बग्दै बग्दै समुन्द्रतिर
विकाशित ठाउँको खोजीमा
काम पाउन
उपचार गर्न
पढिलेखि भविष्य उज्वल पार्न।

राजेश कार्की, लस एन्जेलस


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *