सरकार! कानूनले होईन कामले अवसरवादीहरुको मुख थुनिदेऊ

ज्ञानेन्द्र शाहीका आवाज नागरिक सम्पति हुन जुन हरेक नागरिकले सशक्त रूपमा उठाउने हिम्मत गर्नुपर्छ तर कसैको प्रयोजनको लागि होइन।

अरुप्रति बफादार भएर होईन आफू, आफ्ना सन्तति, समाज र सिङ्गो राष्ट्रप्रति बफादार हुनुपर्छ।

समाजमा व्याप्त बिसङ्गति र भष्टाचार विरुद्धको बिकाउ नारा केबल चर्चा र जनतालाई भ्रमित बनाउदै सत्ताको बदमासीको छिद्रभित्र छिरेर अन्ततः सामन्तवादलाई नै मलजल गर्ने प्रबृत्ति लोकतान्त्रिक गणतन्त्रको लागि कदापि स्वीकार्य हुँदैन।

हो, लोकतान्त्रिक गणतन्त्रलाई सस्थागत र उन्नत बनाउन प्रत्येक नागरिकले अनुभूति र अपनत्व लिन सक्ने बनाउन कमसेकम मुल नेतृत्व जनताप्रति उत्तरदायी हुनैपर्छ। तर के नेतृत्वले यो अनिवार्य शर्तलाई आत्मसात गरेको छ त प्रश्न र समस्या यहि देखिन्छ।

आफू अनुकुल प्रयोग गर्ने राजनैतिक सस्कारले नोकरशाहीलाई नराम्ररी गिजोलेको मात्रै होइन नटेरी पनि बनाएको छ जसले नेतृत्व र माथिल्लो निकायको आदेशलाई गम्भीरतापूर्वक ग्रहण गर्न चाहदैन।

जब नेतृत्व जनताप्रति उत्तरदायी हुन चाहदैन तब न कर्मचारी न न्यायलय न कुनै सरकारी अंगहरु नै नागरिकप्रती उत्तरदायी र जिम्मेवार हुन्छन। तसर्थ गणतन्त्रलाई सस्थागत र देशलाई समृद्धको बाटोमा लैजान सर्बप्रथमत : नेतृत्वको आचरण र इच्छाशक्तिमा व्यापक रुपान्तरण आजको एकमात्र अनिबार्य सर्त हो।

देशमा ब्यापक रूपमा बढिरहेको निराशालाई हतियार बनाएर समाजका ब्यतिथी, भष्टाचार र मनोमानीलाई एउटा अभियानको रूपमा शान्तिपूर्बक समाज रुपान्तरण गर्न निस्किएको मानिस मत्ता हात्ती झै अराजक हुन मिल्दैन।

उसले आफ्नो स्वविवेकले राजावादी हुन पाँउछ। गणतन्त्रबादी हुन पाँउछ। नागरिकको मौलिक हकलाई किमार्थ कुण्ठित गर्न सकिदैन। आफ्नो स्वतन्त्र बिचार लिएर अगाडि आउन सक्छ तर नागरिकको नोकरशाहीलाई गद्दारी गर्ने गरि कसैको गोटि बन्ने हो भने राजनैतिक पाटी खोलेर मैदानमा उत्रनुपर्छ। सामाजिक अभियन्ताको रुपमा होइन।

नागरिकको अपेक्षा र गम्भीरतापूर्वक लाई भावना गर्न मात्रै भष्टाचारको अलाप गरेको भए यो गद्दारी गर्ने छुट जसरी केपि ओली र प्रचण्डलाई थिएन। त्यसैगरी ज्ञानेन्द्र शाहीलाई पनि हुँदैन।

यदि कुनै पनि मानिस एउटा अभियान लिएर आफू मात्रै हिडेको छैन जनता पनि सङ्गै हिडाउन चाहन्छ भने उनी शिष्ट र मर्यादित हुनुपर्दछ। तब मात्र उसले समाज र उसलाई बिश्वास गरेका आम जनतामा उत्साह थप्न सक्छ। भरोसा बढाउन सक्छ।

आज सत्ताका केटौले अङ्गरक्षकहरुले ज्ञानेन्द्र शाहीलाई कास्की प्रवेशको रोक लगाएको कुराहरु बाहिर आउदै गर्दा अङ्गरक्षकहरुलाई एउटा प्रश्न गर्न चाहन्छु। के तिमीहरुले जनताका अपेक्षा, निराशाहरु र आक्रोशहरु लिएर आफ्नो नेतृत्वलाई कहिल्यै किन भन्ने प्रश्न गर्ने हिम्मत गर्यौ?

के तिमीहरुले मुल नेतृत्वलाई जनताप्रति उत्तरदायी हुन निरन्तर खबरदारी गर्यौ? हैन भने बन्द गर यो दुस्साहस सक्छौ भने उसलाई तथ्यसहित गलत देखाउ।

कानून र शक्तिको आडमा थुनेर, छेकेर होइन काम गरेर ज्ञानेन्द्र शाहीको मुख बन्द गरिदेउ ताकी बारम्बार अबसरबादीहरुले जनताको भावनालाई प्रयोगशाला बनाउने हिम्मत नगरुन्।

Facebook Comment


Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर

ताजा भिडियो

No ads found for this position