वहसमा ‘नो भोट’ : पाँच वर्षे सरकार निरंकुश भयो भने के गर्ने ? – Dcnepal

वहसमा ‘नो भोट’ : पाँच वर्षे सरकार निरंकुश भयो भने के गर्ने ?

नेपालको संविधानमा ‘नो भोट’ को व्यवस्था छैन। जनताले २/३ जति भए पनि उस्तै उस्तै मध्ये कुनै एकलाई भोट दिन बाध्य छन्। एकपटक बहुमत पाएको पार्टीलाई ५ बर्षको लागि सत्ता उसको पेवा भइदिन्छ। कसैलाई फिर्ता बोलाउने अधिकार पनि नेपालको संविधानले दिएको छैन।

त्यसैले एक वर्ष दुई वर्ष अगाडि गठन भएको सरकारको एक वर्ष दुई वर्षभित्रै जनताको मनबाट बाहिरिए पनि आफ्नो निर्णय बदल्न पाँच वर्षसम्म जनता असमर्थ हुन्छन्। यो हाम्रो लोकतान्त्रिक संवैधानिक व्यवस्था हो। जनताका अगाडि गरेको कुनैपनि बाचा पूरा नगर्दा पनि उनीहरु शासक भइरहन्छन्।

अहिले नेपालमा संविधानअनुरुप जनताबाट अनुमोदित बहुमतको कम्युनिष्ट सरकार रहेको छ। कम्युनिष्ट सधैँ गरिब, किसान, मजदुर, अझै बढी प्रयोग हुने शब्द सर्वहारा वर्गको उत्थानको लागि लडेर आएको हुन्छ। यही कम्युनिस्ट सरकार अहिले समृद्धिेको नारा लगाइरहेको छ।

सबैले सर्वहारा शव्दको बढी प्रयोग गरेपनि यहाँको वास्तविकता केही फरक छ। माक्र्सकालीन सर्वहारा हाम्रो मुलुकमा कमै पाइन्छ र ठूलो पैमानामा मजदुरको संख्या पनि छैन। हामीकहाँ औधोगिक क्रान्ति भएको छैन। वास्तवमा हामीकहाँ निम्न पुँजीवादी वर्ग नै अधिक रहेको छ।

अहिले सर्वहारावर्ग लक्षित कम्युनिस्ट सरकार छ । यो कानुनी रूपमा शक्तिसम्पन्न पनि रहेको छ । यिनीहरूको सोचमै जस्तोसुकै अवस्थामा जति धेरै कर असुली हुन्छ त्यति धेरै सफलताको मापक बढ्ने कुरामा विश्वास गर्दछन्।

यही वर्गको अधिक चाहना हो समृद्ध हुने। यही वर्ग अधिक रूपमा पेशा व्यवसायमा संलग्न रहेको छ। निर्वाहमुखी व्यवसाय गर्ने यही वर्ग करको माध्यमबाट राष्ट्रिय योगदानमा अहम भूमिका खेलेको छ।

राष्ट्रिय उद्योग धरासायी हुँदै जानु तथा उत्पादनमुखी व्यवसाय नहुँदा सय रुपियाँ आम्दानी हुँदा ९० रुपियाँ साम्राज्यवादीहरू कै देशमा पुग्ने अवस्था रहेको छ। गरिब किसानका समस्या यथावत् नै छन् । व्यवसायिक तथा वैज्ञानिक कृषि उत्पादन हुनसकेको छैन ।

खडेरीको रुपमा खेतीयोग्य जमिन खण्डीकरण हुँदै जाँदा खेतीयोग्य जमिन नै सकिँदै गएको छ । अर्को तर्फ सिंचाइर्, बजार तथा माटो सुहाउँदा प्रविधिको अभावले कृषि पेशा धराशायी हुँदै गएको छ । यसरी अर्थतन्त्र अर्थात् अर्थ बजार पूर्णरुपमा आयातमा निर्भर रहेको छ ।

विदेशी भूमिमा पसिना बगाउने र स्वदेशमै कनिकुथी निर्वाह चलाउने अधिकतम निम्न पुँजीपति वर्ग हो । सरकारी कर्मचारी होस् या राजनीतिकर्मी तथा व्यवसायिक धेरैको संख्यामा यहि वर्गका मानिसको सहभागिता रहेको छ। वर्गीय अवस्थाले नै यो वर्ग केही चटपटे प्रकारको हुन्छ । माथि जाने सपना र तल झर्ने डरले यो वर्ग सधैं त्रासमा देखिन्छ।

कहिले आफूसँग भएको थोरै पुँजी पनि गुमाउनुपर्ने हो की भन्ने त्रासमा त कहिले अवसर पाउन जस्तै कानुनी तथा गैरकानुनी कार्य गरेर भएपनि धन आर्जन गरेर पूँजीपती वर्गमा रूपान्तरण हुने लालसामा फस्न पुग्दछ । सामाजिक तथा आर्थिक तथा साँस्कृतिक अपराधको बढोत्तरी को प्रमुख कारण मध्ये यो पनि एउटा हो।

लेखक : लक्ष्मण बेल्वासे

 

यसैको परिणाम राजनीति कर्मचारीतन्त्र तथा व्यवसायमा सर्बत्र भ्रष्टाचार मौलाउनुको प्रमुख कारण पनि यही भएको छ। यसैले सबै व्यवस्थाका किला, काँटी खुकुला भएका छन्। अधिकतम राजनीतिकर्मी, कर्मचारी, व्यवसायी यही निम्न पुँजीपति वर्ग बाट आउनु कै कारण वर्गीय चरित्रको प्रदर्शन हो। यो वर्ग सधैं अस्थिर हुन्छ ।

सरकारका हरेक गतिविधिबाट बढी प्रभावित पनि यही वर्ग हुने गर्दछ । यो वर्ग सधैं बीचमा झुण्डिएको हुन्छ । राज्यका हरेक क्षेत्रमा यही वर्ग हावी हुँदा कुनैपनि सरकारी योजना लक्ष्यअनुरुप सफल हुन सक्दैन । सर्वहारा अर्थात गरिब किसान मजदुर सत्ताका भर्याङ्ग मात्र भएका छन्।

सत्तामा उनीहरूको पहुँच पुग्दैन । पुँजीपति वर्गले निम्न पूँजीपति वर्गकैे सत्ताधारी तथा कर्मचारीलाई विभिन्न प्रलोभनमा आफ्नो पल्लाभारी बनाउन सफल हुन्छन्। एनसेल प्रकरण यसैको उदाहरण हो । आम सर्वसाधारण करको आतंकले आतंकित भैरहँदा एनसेल कर तिर्दिन भनेर छाती फुलाउन सक्षम देखिएको छ । राज्य लाजमर्दो भएर लाज पचाउन हम्मे हम्मे परिरहेको छ ।

अहिले सर्वहारावर्ग लक्षित कम्युनिस्ट सरकार छ । यो कानुनी रूपमा शक्तिसम्पन्न पनि रहेको छ । यिनीहरूको सोचमै जस्तोसुकै अवस्थामा जति धेरै कर असुली हुन्छ त्यति धेरै सफलताको मापक बढ्ने कुरामा विश्वास गर्दछन्। एकथरी असुल्ने र अर्कोथरी कर बुझाउने । असुल्नेलाई सहजै भयो बुझाउनेलाई भारी परेको छ।

कर बुझाउनेलाई राज्यप्रति विश्वास छैन । आफूले तिरेको सही ठाउँमा सही तरिकाले खर्च हुन्छ भन्ने कुरामै विश्वास छैन। त्यसैले जनताले कर अनिवार्य रुपमा तिर्नैपर्ने र आफ्नै लागि विभिन्न रुपमा राज्यले खर्चने हो भन्ने कुरामा आश्वस्त छैनन् ।
अर्काे शासकवर्गले सुशासन प्रत्याभूति जस्ता जनतासम्म डेलिभरी गर्न सकिने छैन ।

जनताको आँगनसम्म महसुस हुने गरी केही परिवर्तन पुर्याउन सकेको छैन । भौतिक पूर्वाधारको अवस्था त्यस्तै छ । शिक्षा, स्वास्थ्य, रोजगारी सर्वत्र भद्रगोल अवस्थामा रहेको छ। विद्यालय अस्पताल सबै धनी र गरिब छुट्टिने ठाउँ भएका छन् । अस्पतालको अवस्था पनि त्यस्तै छ ।

न्याय किनेर मात्र पाउने भएको छ। यसरी जनतामा एकअर्काको निराशा सँगसँगै सरकारप्रतिको विश्वास हराएको छ। एउटा कुरा मात्र थाहा छ हामीले तिरेको कर वाइडवडी, औषधि खरिद, त्रिपाल खरिद काण्डै काण्ड तथा पूर्वाधार निर्माण, निर्माण नसकिँदै पुल भाँचिने, दुई चार दिन गाडी गुडदै गर्दा सडक भासिने, खाल्डाखुल्डीमा गाडी भासिने, सर्वत्र को अवस्था हेरेर भ्रष्टाचार नै सकिने कुरामा जनता विश्वस्त छन्।

कर के का लागि भ्रष्ट कर्मचारी, राजनीतिकर्मी व्यवसायी लगायत न्याय किनेर लिनसक्ने, दुई करोड भष्टाचार गरेर दुई महिना, एक वर्ष जेल बसेर सबै आफ्नो बनाउन सकिने को लागि मात्र हो । यी सबै कुरा संस्कारकै रुपमा विकास हुँदै गएका छन् । सुशासन डेलिभरीको कुरा जटिल बन्दै गएको छ।

यी सबैको कारण निम्न पुँजीवादी चिन्तन सर्वत्र हावी हुनु हो । निम्न पुँजीवादी चिन्तनले ग्रसित व्यक्ति अत्यन्तै अक्सरवादी हुन्छ । आफ्नो फाइदाको लागि जस्तो खालको धोका दिन पनि तयार रहन्छ ।

अहिले सर्वत्र सत्तामा, पार्टीमा, कर्मचारी, व्यवसायी आत्मकेन्द्रित यही निम्न पुँजीवादी चिन्तनबाट ग्रसित हरु को भीड भइदिँदा सम्वृद्धिको नारा ढोकामै निदाउने निश्चित भएको छ। उच्च पदमा आसिन हरुबाटनै त्यो उच्च प्रकारको सामाजिक चरित्र व्यवहारमै प्रदर्शन गर्न ढिला गरे यो समाज अझै अपराध उन्मुख गैर जिम्मेवार र जसरी हुन्छ मेरै भरको बाटो मा अग्रसर हुनेछ।

अव पनि ढिला भए सोझा इमान्दार जनता पिडित हुनेछन्। राजनीतिप्रति वितृष्णाको भावना विकास हुनेछ र पश्चगामी यात्रा अर्थात प्रतिक्रान्तिको सम्भावना झनै नजिक आउनेछन्। त्यसैले एङ्गलेस ले जस्तै आफूले उक्त उच्च व्यवसायिक र त्यसैको संस्कारमा हुर्किए पनि जुन प्रकारको सामाजिक चरित्र उदाहरणकै रुपमा अन्तर्रा्ष्ट्रिय तह मै प्रस्तुत गरे त्यसैगरी अबको राजनीतिक नेतृत्वले त्यही प्रकारको सामाजिक चरित्र व्यवहारमै देखाउन सकेनन् भने बचेखुचेको कम्युनिष्ट प्रतिको विश्वास पनि वितृष्णामा बदलिने छ।

यो सरकार पनि आफूलाई कम्युनिष्ट भनेर सत्तामा पुगेको हुँदा भावी कम्युनिष्ट आन्दोलनको निरन्तरताको लागि पनि व्यावहारिक रुपमै कम्युनिष्ट मूल्य र मान्यता प्रति इमान्दार हुनैपर्छ। भविष्यमा सच्चिने कोशिश र पछुताउको मुल्य महंगो हुनेछ।

Facebook Comment


सम्बन्धित खवर

ताजा भिडियो