‘नेपालीको अस्तित्व कतातिर?’
हामीले आफैलाई सोधी हेरौं!
मुटुको ढुकढुकीमा खोजी हेरौं!!
नेपाली को अस्तित्व कतातिर?
यो सिङ्गो नेपाल निमार्ण गर्ने नेपाली!
त्यो अङ्ग्रेजसंग लडने बिर नेपाली!!
विश्वमा स्वाभिमान निडरको परिचय दिने नेपाली!
कसैसँग झुक्नै नझुक्ने बीर जाती नेपाली!!
आज कस्तो अन्यायहुदै छ सभामुख नै बलत्कारी!
कस्तालाई भोट दियौ हामीले चारैतिर भष्टचारी!!
पीडितले न्याय नपाउने देश भयो नेपाल!
देशद्रोही गद्दार बलत्कारीबाट चल्दै छ आज नेपाल!!
पीडित भएर छाला कुच्चाएका जनता मात्र देख्छु!
सागरमा डुब्दा पौडिन नसक्ने बेकामे संसद देख्छु!!
जनताहरु सिर्फ आशाबादी मान्छे मात्र देख्छु!
अन्याय र अत्याचार सहिरहेको एक सहनसिल जनता देख्छु!!
दानवताको भावनालाई लात लगाउने र मानवताको भावनालाई
अङ्गाल्ने मान्छेको खाँचो देख्छु!!
घर सुर्नया गाउँपालिका २ लिस्किटा कटनोली
हाल दक्षिण भारत बेङ्गलोर
No ads found for this position

डिसी नेपाल
Nepal ko astito pinda khane bhaun ra sarada garne chatri ra 601 samsado ko khaltima chha