हे दशैँ तिमीलाई छोडेर जाँदैछौँ: कविता

डिसी नेपाल
१९ असोज २०७६ १२:३२
24
Shares

हातमा पासपोर्ट र टिकट बोकेर
नझारूँ भनि गहमा आँसु रोकेर
प्यारो देशैबाट उडेर जादैछौँ
हे दशैँ तिमीलाई छोडेर जादैछौँ

दशैँको मुखमा दुईदिन जोडन पनि सकेनौँ
बाध्यता रोजगारीको छोड्न पनि सकेनौँ
मालश्री मन मनमै पढेर जादैछौँ
हे दशैँ तिमीलाई छोडेर जादैछौँ

बिदेशी अपरिचित भूमीमा सम्झना आउला
दशैँ तिम्रो यादहरुले हामीलाई पछ्याउला
भन्दै शिर छाम्दै जमरा गोडेर जादैछौँ
हे दशैँ तिमीलाई छोडेर जादैछौँ

निधार भरी टिका अब त धोकै हुने भो
विमानस्थलको प्रस्थान कक्षमै मन रूने भो
सारा नेपाल र नेपालीको माया ओडेर जादैछौँ
हे दशैँ तिमीलाई छोडेर जादैछौँ

राकेश कार्की -लस एन्जेलस अमेरिका


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *