बाल्यकालमा वडादशैं

काेलाेराडाे अमेरिका । स्कुलमा अन्तिम पिरियडकाे कक्षा सकिन् लाग्दै थियाे। “सिर्र” सिठ्ठी वज्याे। सिठ्ठी वज्ने बित्तिकै कक्षामा पढाउदै गर्नु भएकाे मिस कक्षावाट बाहिर निस्किनु भयाे। मिस ढाेकावाट निस्कीने बित्तिकै हामी पनि “सूचना” भन्दै तछाडमछाड अफिसकाे आगनतिर दाैडियाै। त्याे अन्तिम दिन थियाे, दशै विदा हुनु अघिकाे।

दशैमा स्कुलकाे विदा हुनुभन्दा ३ दिन अघिदेखी हामी वाटाे खन्थ्याे। स्कुल विदा भएपछि करिव १/२ घण्टा हामी सधै आफू स्कुल हिन्ने वाटाे सफा गर्थ्याे। गाउतिर बाबा/हजुरवुवाहरु मुलवाटाे सफा गर्ने भन्दै हातमा सामानहरु वाेकेर हिड्नु हुन्थ्याे। त्यस्तै हामी पनि स्कुल ड्रेसमा त्याे ३ दिन कापि किताब संगै कुटाे, काेदालाे, हँसिया केही न केही वाेक्थ्याे। अरुवेला स्कुलमा खाजा नलगे पनि ती तीन दिन भने झाेलामा नास्ता पनि हुन्थ्याे।

अफिसवाट वजेकाे सिठ्ठीसंगै सबै विद्यार्थी आगनमा आईपुगे। म त्यतिवेला ४ मा पढ्थे। ५ कक्षासम्म गाउँमै पढाईहुन्थ्याे। त्यतिवेला म पढ्ने स्कुलमा केही सुचना दिन पर्याे भने अफिसबाट “सिट्ठी” वजाईन्थ्याे। हामी केही सुचना हाेला भनेर “सूचना” भन्दै अफिसकाे आगनमा दाैडिन्थ्याे।

“सबै आए?”
हाम्रो अगाडि आमनसामने उभिनुभएकाे हेडसर वाेल्नुभयाे। उहासंगै स्कुलमा पढाउने अन्य सर/मिसहरु पनि उभिनुभएकाे थियाे।
“आयाै सर।”
हामी सबैले एकै साथ भन्याे।
“ल सुन है उसाे भा”
सर अगाडि बढ्नुभयाे।
“ल भाेलिदेखि दशैकाे विदा। अब स्कुलमा कार्तिक ३ गते आउने। सर/मिसहरुले दिएकाे हाेमवर्क सबैले गर्ने है। ल सबैलाई दशैकाे शुभकामना। ल आजलाई पनि छुट्टी।” यत्ति भनेपछि विद्यार्थीहरु आ-आफ्नाे घरतिर लाग्न थाले, हामी पनि। स्कुलवाट दशैकाे छुट्टीसंगै हाेमवर्क वाेकेर घर फर्कियाै हामी। बाटाे खन्ने ३ दिन मध्ये अन्तिम दिन थियाे त्याे दिन। अन्तिम दिनपनि वाटाे खन्याे/सफा गर्याै। त्याेसंगै सबैले ल्याएकाे नास्ता सबैसंगै वसेर खायाै। कसैले आँप त, कसैले नास्पाति, कसैले भुटेकाे मकै, कसैले काक्रो , कसैले चिउरा, कसैले चाउचाउ… घरमा जे छ त्यही ल्याएका थिए साथीहरु अनि मैले पनि।

नयाँ साल लाग्दै गर्दा घरमा पुरानाे भित्तेपात्राे विदाई गरी नया भित्तेपात्राे झुन्डिन्थ्याे। घरमा भित्तेपात्राे आईपुगेपछि सबैभन्दा पहिले दशैमा नजर जान्थ्याे मेराे। दशैपछि तिहार। त्यसपछि भित्तेपात्राेमा राताे रंगले रङगिएका दिनहरुमा। भित्तेपात्राे हेरेपछि साथिहरुलाई सुनाउदै हिड्थे “तलाई थाहा छ, याे सालकाे दशै त याे महिनाकाे यति गते परेछ नि।”

गाउँमा हरेक महिनाकाे पहिलाे शनिवार कल्व वैठक हुन्थ्याे। याे महिना दशै महिना भएकाले सदा भन्दा अलि धेरै सल्लाह गर्नुपर्ने कुराहरु थिए। कल्व भवन लिप्ने, कल्वकाे पैसा लगानि गर्ने, गाउमा पिङ हाल्ने, गाउमा कार्यक्रम राख्ने जस्ता कुराहरु अघि सरे। गाउमा दशैकाे कार्यक्रम वाहेक सबै गर्ने निर्णय भयाे। दशैमा नभई कल्वकाे वार्षिक उत्सवमा बरु ठुलै कार्यक्रम राख्ने निधाे भाे।

“यिस डस्याङ ड मेहेलेस लख पेराेलि काके पश्च? ”
वैठकमा गाउकाे एकजना दाइ बाेल्नुभयाे।
“वनकसी गिजन पटै ए जम्मा जात्म कईङ न त?”
वालक्लवकाे अध्यक्ष दिदी बाेल्नुभयाे।
“कानुङ त गिजन ज माले त?”
गाउकै अर्की दिदी वाेल्नुभयाे।
“जमै ए ईत्तार ईत्तार राक्के, क-काट मुठा पाके नाहाले ”
अध्यक्ष दिदी फेरि बाेल्नुभयाे।
“ल हाेत हाला ध्याङ अब १५ गतेईङ हाेरा छुट्टी छान्नेमन २६ गते दशै आले २० गतेलाक कईङ नत ? कि कुत ?”
“छान्ने छान्ने।”

सबैले सहमति जनाए। सहमति अनुसार सबैले एक एक मुठा खर ल्याउने सल्लाह भयाे। नहुनेले अरुसंग मागेर भए नि ल्याउन पर्ने निर्णय भयाे। लिङ्गे पिङ हाल्ने भएकाले ४ वटा वासकाे जिम्मा ४ जना दाईहरुलाई दिईयाे। वालकल्वलाई चाहिने चुना अनि पेन्टकाे जिम्मा उपाध्यक्ष र काेषाध्यक्ष्यले पाए। कल्वकाे भित्र पट्टि माटाेकाे भएकाले प्रत्यकले राताे माटाे, अनि एक एक ग्यालिन पानी ल्याउने सल्लाह भयाे।

दशै विदाकाे पहिलाे दिन घटनास्थपना।
“हजुरआमा हामीले जमरा राख्ने हैन?”
म हजुरआमालाई प्रश्न गरे।
“आज काेटमा जमरा राख्छन्, हामीले भाेलि राख्ने हाे, बाबू।”
हजुरआमाले जवाफ दिनुभयाे।
“काेट भन्या चाहिँ के हाेनि हजुरआमा?”
म फेरि प्रश्न गरे
“काेट भन्या मन्दिर जस्तै हाे बाबू”
हजुरआमाले मेराे प्रश्नकाे जवाफ मेटाउन खाेज्दै हुनुहुन्थ्याे।

भाेलिपल्ट सबैले जस्तै हामी पनि जमरा राख्याै। जमरा राख्ने काेठा फुपूले विहानै लिप्नुभयाे। नुवाई धुवाईसंगै वारीवाट १ ढाकर मलिलाे माटाे लिएर आउनुभयाे। हजुरआमाले सिकाए जस्तै फुपूले जमरा राख्नुभयाे। पुजासंगै बत्ती बाल्नुभयाे। घरकाे एउटा अध्यारो काेठाकाे छेउमा बत्तीले उज्यालाे छर्याे। जमरालाई नयाँ गुन्द्रीले बार लगायाै। दशैकाे दिनसम्म सधै साझ विहान जमरामा वत्ति वाल्ने र पानी राख्ने गर्नुहुन्थ्याे फुपुले। म पनि फुपुकाे पछि पछि दाैडिन्थे।

“हजुरआमा जमरा उम्रिन लाग्याे।”
“हजुरआमा जमरा त पहेल्यै भकाे छ।”
“हजुरआमा जमरा कति छिटाे अग्लाे हुँदै छ।”

म दिनहुँ जमरामा वत्ति वाल्न र पानीहाल्न फुपुकाेपछि लागेर आएपछी हजुरआमालाई सुनाउने वाक्यहरु हुन्थे। बस हजुरआमा केेही वाेल्नुहुदैन्थ्याे।
मात्र मुस्कुराउनु हुन्थ्याे।

स्कुल विदाकाे ५ अाैँ दिन अथवा २० गते। वालकल्वकाे वैठकमा सल्लाह भएजस्तै हामी पिङ हाल्न वालकल्वकाे आगनमा जम्मा भयाै। केही दाईदिदीहरु वालकल्व लिप्न त काेही पिङ बनाउन तिर लाग्नुभयाे। म पनि आफुले सकेकाे सहयाेग गरे। पिङकाे लागि कसैले बाँस, कसैले खर त कसैले खन्नकाे लागि हतियार लिएर आएका थिए। पिङ बाट्याे। बाँस गाड्याे। पिङ हाल्याै। सानैदेखि ठूलाेसम्म क्रमैसंग पिङ खेल्याै।

छुट्टिनेवेला सबैले दशैकाेे शुभकामना लेखेर दिएकाे पाेस्टकार्ड बाँढे। सबैले नभनाै अलि ठुला दाइ दिदीहरुले। त्याे भित्र म परिन्। म त भर्खर ९ बर्ष पुरा भएकाे थिए।त्यतिवेला १ रुपैयाकाे २ वटा साना पाेस्टकार्ड पाईन्थ्याे रे , फुपुले सुनाउनु हुन्थ्याे। पाेस्टकार्डमा राजेश हमाल, निखिल उप्रेती, झरना थापा, दिलिप राईमाझी..उहाँहरुकाे फाेटाे हुन्थ्याे। काेही सिङगल त काेहि डबल। पाेस्टकार्ड साटेपछि सबै आ-आफ्नाे घर लागे।

घर पुगेपछि फुपुले शुभकामनाका पाेस्टकार्डहरु आफू सुत्ने काेठमा राख्नुभयाे। पाेस्टकार्डमा के लेखिएकाे रहेछ भनेर मलाई काैटुहलता भयाे। फूपू निस्किएपछि खुसुक्क फुपुकाे काेठा छिरे। फरर पढ्न नसके पनि शव्दहरु पढ्न सक्ने भएकाे थिए म।

“तालमा राम्रो फेवाताल मन्दिरमा राम्रो मनकामना, विजया दशमी २०६४ सालकाे लाखाै लाख शुभकामना।”आउँदै गरेकाे २०६४ सालकाे विजय दशमी तथा दीपावलीकाे तिमी र तिम्रो परिवारलाई दुर्गा भगवानीले सधै रक्षा गरून भनी शुभकामना दिन चाहान्छु।
पाउने साथी…
पठाउनेमा
तिमीलाई हरपल माया गरिरहने साथी उहीँ तिम्राे हरपलका साथी…

यस्तै यस्तै लेखिएकाे हुन्थ्याे। केही शव्दहरु उच्चारण गर्न नजानेर छाडे। केही शव्दहरु जानी नजानी पढे। पढिसकेपछि फुत्त बाहिर निस्के। पाेस्टकार्डलाई फुपूले राखे जस्तै राखे। पाेस्टकार्ड पढेपछि हजुरआमालाई सुनाउँथे।

“हजुरआमा, फुपुलाई त फलाना केटाले चिठी पठाकाे छ नि।”
यस्तै यस्तै…
सानाे बेला केटी मान्छे केटासंग वाेल्याे भने उसंग मिलेकै जस्ताे लागथ्याे। उनीहरुकाे विहे हुन्छ जस्तै लाग्थ्याे। शुभकामनाका पाेस्टकार्डहरु पढिसकेपछि फुपूले भित्ताहरुमा टास्नुहुन्थ्याे। पाेस्टर कार्डहरु भित्तामा सजिएर वेका पुराना पत्रिकाका साथिहरु बन्थे। पत्रिकाले दिएकाे काेठाकाे सुन्दरतामा पाेस्टकार्डहरु पनि सुनमा सुगन्ध थपिदिन्थे।

म आमासंग दशैकाे किलमेल गर्न बजार निस्किए। घरमा आमाले रक्सी बनाउनुहुन्थ्याे। तरकारी पनि लगाउँथ्याै हामी। ४ बाेटल जाने सानाे जर्कीन बाेकेर म आमाकाे पछिपछि लागे। आमाले टमाटर बाेक्नु भयाे। टमाटर र रक्सी वेच्याै हामी। म स्कुलकाे कितावमा पढिरहन्थे। “धुम्रपान, मध्यपान स्वास्थ्यकाे लागि हानिकारक छ।” तर त्यही मध्यपान वेचेर मैले जिवनमा मध्यपान गर्नु हानिकार छ है भन्ने शब्द पढ्न पाएकाे थिए। अक्षर चिन्न पाएकाे थिए। तिनका भावहरु बुझ्न पाएकाे थिए।

दशैकाे लागि कपडा राेज्दा म प्राय सस्ताे कपडाहरु राेज्थे। साहुजीले सस्ताेदेखि महङ्गाे कपडाहरु देखाउँथे। महङ्गा कपडाहरु राम्रो अवस्य हुन्थे मन नपर्ने पनि हैनन् तर घर पैसाकाे समस्या थियाे। कि पढेर कि परेर जानिन्छ भने जस्तै सानै भएपनि घरमा पैसाकाे अभाव छ भन्ने कुरा मैले परेर जानेकाे थिए। एउटा टिसट एउटा जिन्स पाईन्ट साथमा एउटा भुड्की बाेकेर हामी घर फर्कियाे। त्यसमा घरमा चाहिने नुन, तेल र मरमसला पनि। आमाले आफूलाई केही लिनुभएन बाबालाई पनि न उ न त हजुरआमाकै लागि। दिदी र बहिनीकाे लागि भने १/१ जाेर कुर्ता लिनुभयाे।

बिस्तारै दशैका दिनहरु नजिकिदै थिए। घरमा ठुलाे रेडियाे थियाे। हामी त्यसलाई बुढाेे रेडियाे भन्थ्याै, साच्ची नै हामीलाई रेडियाेकाे उमेर थाहा नभएपनि, हजुरवुवाकाे जस्तै उमेर ढल्किएकाे थियाे। हजुरवुवाले विहान उठ्ने वित्तिकै बजाउहुन्थ्याे। मलाई अझै याद छ। विहान समाचार सुन्न हजुरवाले ६ वजे अगावै रेडियाे बजाउनुहुन्थ्याे।

६ वजे कायाकैरन, त्यस्तै ६:३० वजे मदनपाेखरा एफ.एम.वाट आउने स्थानिय गतिविधि ७:३० श्रिनगर हाईलाईट जस्ता समाचार आउने समयमा हामीले अर्काे एफ.एम. वजाउन पाउदैनथ्याे। रेडियाे वज्ने दशैका गीतहरु, गीतसंगै शुभकामना कार्यक्रमहरु खुप सुन्थ्याै हामी। घर लिप्न राताे माटाे लिन वनमा जान्थ्याे।

रेडियोले समाचार भनिरहन्थ्याे। “दशैकाे लागि माटाे लिन जादा माटाेकाे ढिस्काेले पुरिएर यति जनाकाे ज्यान गयाे।” म मनमनै कामना गर्थे हामीलाई यस्ताे नहाेस् भनेर। रेडियाेमा वज्ने कार्यक्रमहरुमा विदेशवाट फाेन गर्थे। आफू यति वर्ष परदेश गएकाे यति वर्ष दशै मनाउन नपाएकाे कथा सुनाउँथे उनीहरु। मलाई अझै पनि याद छ, श्रीनगर एफ.एम.बाट हरेक दिन ११ वजे आउने कार्यक्रम” सन्देश “खुप सुन्थ्याै हामी। विदेशवाट खुप फाेन आउथ्याै। फाेन लिन भ्याई नभ्याई हुन्थ्याै। पछिल्लाे केही समय मपनि श्रीनगर एफ.एम.मा काम गर्ने माैका पाए।

वर्षमा एकचाेटी भएपनि घरकाे चारैतिर लिपाेट हुन्थ्याे। वनमा पाईने विभिन्न रुखका वाेक्रा, घाँसहरुवाट जम्मा गरेर हजुरआमाले पकाउनु हुन्थ्याे, राेगन निकाल्नहुन्थ्याे। ती राेगनहरुले घरकाे झ्याल र ढाेकाहरु रङगिन्थे। दशै मनाउनकाे लागि छुट्टिमा विदेश गएकाहरु आउँथे। साथिहरु पिङ खेल्न जादा बाबाले विदेशवाट यस्ताे उस्ताेे ल्याईदिएकाे भन्दै सुनाउथे। गाउमा एउटा छुट्टै माहाेल हुन्थ्याै। विदेशिएका साथिहरु भेट हुने माैका सायद दशै नहुदाे हाे त जुर्न गाह्रो हुन्थ्याे हाेला। गाउँमा दशै प्रिमियर लिग हुन्थ्याै।

नुहाउन भनेपछि अल्छी लाग्ने मलाई। दशैकाे दिन विहानै नुहाए। दशैकाे दिनकाे लागि घाँस २ दिन पहिले पुर्याएर राखेका थियाे हामीले। आफूले सक्ने घाँस काटे मैलेपनि । नुवाई धुवाई पछि पाेहाेर साल दशैमा किनेकाे भुड्की फाेर्याै। दिदी, बहिनी अनि मेराे छुट्टा छुट्टै आ-आफ्नाे भुड्की थियाे। भुड्किकाे वाहिरपट्टी नाम लेख्थ्याै हामी। भुड्की पनि पैसा जम्मा गर्ने सानाे तिनाे वैक हाे भन्दा फरक नपर्ला । दशै तिहार जस्तै आफन्तिहरुले दिएकाे पैसाहरु हामी भुड्कीमा राख्थ्याे अनि हरेक दशैमा फाेर्थ्याे। भुड्की भरि १/२ रुपैयाका सिक्काहरु हुन्थे हामी सिक्का गन्थ्याै। सिक्का गन्दा दिदी र वहिनिकाे भन्दा आफ्नै धेरै हाेस् भन्ने लाग्थ्याे।

टीका साईत भएपछि हामी टीका लगाउँथ्याै। घरका ढाेकाहरुपछि ठूलाेदेखि सानाेसम्म क्रमैसंग टीका लगाउने पालाे आउथ्याे। मेराे पालाे पछाडीवाट दाेस्राे स्थानमा आउथ्याे। टीका लगाई दिएपछि मलाई पैसा दिनुहुन्थे हजुरवुवाले। दिदी र वहिनीसंग कस्ले धेरै वनाउने है याे दशैमा पैसा भन्ने सर्तमा म सधै हार्थे। म त आफै कमाउने मान्छे अरे त्यहि भएर नदिनुभकाे रे। यस्तै भन्नुहुन्थ्याे।

हामी खानासँग मासु, अचार खान्थ्याे। अरु दिनभन्दा फरक। दशैकाे लागि १ वर्ष अघि देखि वंगुर पालिन्थ्याे। दशैलाई भनेर मलखाटकाे छेउकाे झिक्राेमा काक्राे राखिन्थ्याे। टिकाकाे दिन अरु दिन भन्दा अलि फरक थियाे। घर चिटिक्क हुन पाएकाे थियाे। कालै भएपनि घरका झ्याल र ढाेकाहरु टल्किएका थिए। त्यसमाथि राताे टीका अनि जमरा थिए। मनमा आन्नद थियाे, शरीरमा नयाँ लगाएकाे थियाे।
“दशै त केटाकेटीमा मात्र हाे रमाईला, ठूलाे भएसी त हुन्न “प्राय ठूलाबाट यस्तै कुराहरु सनिन्थे।

फूपू बुज्ने भएर हाेला उहाँकाे शरीरमा नयाँ लुगा थिएन।हामी भने बारम्वार जिद्दी गर्थ्याै। सायद बाबा, आमालाई पनि नयाँ लुगा लगाउने रहर थियाे हाेला तर वजेट प्रशस्त थिएन घर। त्यहि तरकारी खेती मुख्य स्राेत थियाे हाम्रो।

२/४ वटा बाख्रा अनि भैंसी २/४ वटा कुखुरा। अनि रक्सी बेच्नु यहि थिए पैसा आउने स्राेत। हामी घर वरिपरि टीका लगाउन जान्थ्याे। त्यसपछि मामाघर जान्थ्याै। स्कुलका दिनहरु सुरु हुन्थे ..।

Facebook Comment


Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर

ताजा भिडियो

No ads found for this position