गजल – ‘शिशिरमा रुखसँगै पातहरू अचेल’
भुल्न खोज्दा मिलनका साथहरू अचेल
सम्झिएर रुँदै बित्छन रातहरू अचेल
रित्तिएका म झै उजाड देख्छु बनपाखा
शिशिरमा रुखसँगै पातहरू अचेल
निकालेर मुटु दिँदा पाइदैन् त्यो राज
चिन्नै गाह्रो ति मान्छेका जातहरू अचेल
यौवनमा नैराश्यता छाएपछि हेर
नदन्किदै निभ्न थाले मातहरू अचेल
सोध्न पाए दैवसँग मनभित्रका प्रश्न
जिज्ञासुलाई हुन्छ किन घातहरू अचेल
ठेगाना : गैडाकोट नवलपरासी
हाल : काठमाडौं
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment