कविता-जिन्दगीको भूल
नचिनी पराईलाई,
आफ्नो बनाई मैले
धोक्का खाएपछि,
गल्ती बुझे अहिले।
नसोची आफ्नैको
बदख्वाई गरे
आफ्नो नजरमा,
आफैँ झरे।
के सोची,
मैले भूल गरे,
आफ्नैसंग,
ठूलो बैर गरे।
आफ्नो भनेपनि,
आफ्नो बनाउन,
हिम्मत गरिन मैले
धोक्का खाएपछि,
गल्ती बुझे अहिले।
नजिकको आफ्नो,
सस्तो ठाने,
टाढा भएपछि,
आफैँ गुमेको जाने।
शरीरको छाया
पिछा गर्छ जसरी,
भूल भएपछि,
आफैसंग भाग्नु कसरी।
नगर्नु कहिले,
जीन्दगीमा यस्ता भूल
पश्चातापको आगोमा,
जलेको छु अहिले।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment