गजल – जब जनता सरकार हुन्छ

डिसी नेपाल
२१ कार्तिक २०७६ १५:४१

गजल

जब जनता सरकार हुन्छ
बोलीमा बढी नै हुँकार हुन्छ

उहाँको बारे के के लेखिदिन
अघि र पछि पत्रकार हुन्छ

आफ्नै दलले कुरा उठाउदा
प्रशासन लगाइ केरकार हुन्छ

पद बढ्दै जान्छ मजासंग खान्छ
कमाउनेको छुट्टै आकार हुन्छ

दुस्खीलाई दुस्ख गरिबलाई गरिबी
सरकारको आफ्नै संस्कार हुन्छ
(५ र ६ अक्षरमा विश्राम)

( इन्जिनियर राकेश कार्की
लस एन्जेलस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *