कविता : लिपुलेक कालापानी जिन्दावाद

डिसी नेपाल
२२ कार्तिक २०७६ ८:५९

नेपाल आमा जिन्दावाद
नेपाल आमा जिन्दावाद
लिपुलेक कालापानी जिन्दावाद।

हराए ओलीजी प्रचण्ड हराए
कालापानी लिपुलेकमा खुट्टा कमाए
मोदीले नेपाल भूमी क्वाप्प टोक्दा
नेपाल र नेपालीलाइ लाजमर्दो बनाए ।

सार्दै थियो जंगे पिलर सबै चुपचाप बसे
हेर्दाहर्दै आज कालापानी लिपुलेकमा डसे
गिद्धहरुले भूमीमा नंग्रा गाढिरहँदा
तिम्रा राष्ट्रवादका नाराहरु खै कहाँ फसे ।

तिमी आफ्नै आमाको सतित्व जोगाउन सक्दैनौ भने
पिडा मा छट्पटाएकी आमाको आँशु पुछ्ने तागत छैन भने
तिम्लाइ भोट दिने हातहरु लज्जित भएका छन आज
तिम्रै अगाडि निरिह नेपालीले आँशु बगाएका छन आज ।

तिमीलाइ अलिकति नेपालीको माया लाग्छ भने
तिम्रो मानसपटलमा थोरै राष्ट्रियता छ भने
खोलिदेउ तिम्रा गुम्सिएका शब्दाका झुण्डहरु
जगाइदेउ तिमी भित्रका चण्ड र मुण्डहरु ।

तिमी बोल्दा तिमी माथी खतरा आउँछ भने
तिम्लाइ प्रहार भएको गोलि छेक्न तयार छ नेपाल आमाको छोरो
एक चुट्कि धुलो रहेसम्म लड्छौ राष्ट्र र राष्ट्रियताको लागि
सक्दैनौ भने बाटो छोडिदेउ हामीलाइ
अघि बढ्छौ दुस्मनको रेटेर घाँटी ।
नेपाल आमा जिन्दावाद
नेपाल आमा जिन्दावाद
लिपुलेक कालापानी जिन्दावाद

लिला बल्लभ नेपाल
महारानी झोडा ५, झापा


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *