‘म माटो धर्तीको आभा शैल पर्वत फाँट हुँ’

डिसी नेपाल
६ मंसिर २०७६ १८:२१

म माटो धर्तीको आभा शैल पर्वत फाँट हुँ
नदी हुँ झरना ताल धर्तीको शीर ताज हुँ ।

आस्था हुँ मुनिको धाम सुगन्धी पुष्प वृक्ष हुँ
औषधि फल यार्साको संपति संवरण हार हुँ ।

नीतिको जगमा उठ्ने यहीनै मम धर्म हो
स्वातन्त्री ध्वजमा रम्ने पूर्खाको ईतिहास हो ।

सत्यता वीरता श्रम वन्धुत्त्व भाव हृदय
म उठ्छु तिमी नी उठ्छौ नेपाली गर सञ्चय ।

म माटो वुद्धको आत्म जानकी मिथिला पुरी
स्वयम्भू समदर्शीको उठौं है भावना छरी ।

सम्पदा चारूता मैं हुँ मगन्ते किन बन्दछौ
राष्ट्रको भावना त्यागी स्वार्थमा किन झुम्दछौ ?

तीर्थराज जोशी
शिखर नगरापलिका डोटी




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *