साहित्य सन्ध्यामा सीमा अतिक्रमणबारे बहस

डिसी नेपाल
७ मंसिर २०७६ २१:५९

काठमाडौं । वरिष्ठ पत्रकार भैरव रिसालले कालापानी र लिपुलेक लिम्पियाधुराअन्तर्गतकै भूभाग भएको बताएका छन् । राससका पूर्वप्रमुख समाचारदाता समेत रहेका भैरव रिसालले आफू २०१८ सालमा जनगणना अधिकृत भई नेपाली भूमि लिम्पियाधुरा पुगेको स्मरण गरे। उनले भने सुगौली सन्धिमा काली नदीको उद्गमस्थल उल्लेख गरिदिएको भए अहिले समस्या नै हुने थिएन । भारतले अर्को कृत्रिम लिपुखोला तयार पारी अहिले विवाद खडा गरेको जिकिर समेत पत्रकार रसिालले गरे।

साहित्य सन्ध्याको ४०१औँ मासिक शृङ्खलमा शनिबार ‘सीमा अतिक्रमण, सीमासुरक्षा र हाम्रो दायित्व’ विषयक बहससहित सीमा अतिक्रमणसम्बन्धी रचना वाचन गरिएको छ ।

गोष्ठीमा डम्बर पहाडी, मुकुन्द न्यौपाने, भोलानाथ सुवेदी, रमेश पोखरेल, प्रमोद स्नेही, नेत्रप्रसाद गौतम, नर्मदेश्वरी सत्याल, जयन्ती स्पन्दन, प्रशान्त खरेल, राम विनय, दुर्गा रिमाल, रामचन्द्र दाहाल, अनिता लामा, भावना न्यौपाने, ललिता दोषी, नन्दु उप्रेती, डा गोविन्दप्रसाद आचार्य, बेनीबहादुर थापा, अच्युत घिमिरे, विधान आचार्य, सरस्वती चिमौरिया, यदुनाथ वसन्तपुरे, चूडा निर्भिक, राममणि ढुङ्गेल, प्रा डा खेम दाहाल, नारायणप्रसाद निरौला, उर्मिला पन्त पाण्डेय, सीताराम नेपाल, मिसन अधिकारी, सन्तोष सिंखडा र सुनिल पौड्यालले आ–आफ्ना कविता, गीत, गजल र हाइकु वाचन गरेका थिय। सन्ध्याका अध्यक्ष राम विनयले अहिले छिमेकीले सीमा अतिक्रमण गरेको बेला स्रष्टा मौन बस्न नसक्ने बताए।रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *