ब्यङ्ग्य कविता : धर्म तिम्रो यस्ताे रै छ पाप चाँहि हुन्छ कस्तो ?

डिसी नेपाल
२१ मंसिर २०७६ ७:३८
8
Shares

लैना पाँडा दुधे पाठा परेवाका चल्ला
बली दिँदै गर्ने अझ धर्म भनि हल्ला ।

मासु खाने रहर भए काट अन्तै बरु
मन्दिरमा बली नदेउ पशु पन्छी अरु
तिमी मात्र जान्नौ त्याहाँ जान्छन अरु पनि
बाल बच्चा सबै त्यहाँ दर्शन गर्न भनि ।

साथ लागेर बाउआमाको बच्ची त्याहाँ गा कि
बली दिएको दृश्य देखि झण्डै बेहोस भा कि।
रुँदै रुँदै भनि उसले मेरो आँइ पाडि
के गरेका त्यसलाई यहाँ टाउको काँटि गाडि ।

देख्दाखेरी रगत आज मन्दिर वरिपरि
नराम्ररी तर्सि बच्ची रुँदै बिलाप गरि
पुजा गरे बाउआमाले उसले मुहार छोपि
झिकिकन उसका बाउको शिरमा भा को टोपी।

न त खाइ प्रसाद केहि न त लगाइ टिका
यस्ता ठाँउमा नलेउ भन्दै राखि निधार फिका।
बलीयोले निर्धा प्राणी काट्दा यसो गरि
गलत सन्देश दियो कि खै यस्ले लोकै भरि।

मन्दिरको भिडलाइ हेर्न बिदेशी नि आको
सबै थरि दृश्य खिच्ने क्यामरा नि भा को ।
एकाेहाेराे हेर्याे त्यहाँ खाेज्याे फाेटाे खिच्न
किन काँमे उसका हात खै सकेन त्याे थिच्न !

बली दिएकाे दृश्य देखि भइ निकै दङ्ग
के गरेकाे यस्तो भन्दै शाेध्याे सबै सङ्ग
एउटै उत्तर पायाे उसले धर्म गर्या भनि
छक्कै परि गर्याे उसले अर्को प्रश्न पनि ।

लाै त देखाउ अरु त्यस्ताे मैले भने जस्ताे
धर्म भन्ने यस्तो रै छ पाप चाँहि हुन्छ कस्तो ?
घुम्दै आउला फेरि अर्को एकादशिका दिन
शाेध्ला पश्न बधशाला याे बन्द भयाे किन ?

पशुत्वकाे बली देउ चाैपाँयाकाे हैन
धर्म हाेला बल्ल त्यँहा पाउला मनमा चैन
सके राेक यस्तो प्रथा राेज अर्को बाटो
नरिवलकाे बली देउ चाैपाँयाकाे साटाे ।

सक्दैनाे त्याे राेक्न भने अर्को मेसाे गर
बनाउ एउटा बधशाला त्याे मन्दिर भन्दा पर
काेहि कसैलाई जान नदेउ त्यसका वरिपरि
जे मन लाग्छ त्यतै गर नदेखिने गरि।

 (ब्यङ्ग्य कवि पन्त पहिलाे ब्यङ्ग्य काब्य ‘काेइली’का समेत लेखक हुन)


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *