ब्यङ्ग्य कविता- ‘नारी अस्त्र कि ब्रह्मास्त्र’ – अर्जुन राज पन्त

डिसी नेपाल
२६ मंसिर २०७६ ७:४९
8
Shares
ब्यङ्ग्य कविता:

नारी अस्त्र कि ब्रह्मास्त्र ?

देवी स्वरुप नारी जाति सम्मान गर्छु मैले
अधिकारकाे दुरुपयाेग याे बन्द हुने कहिँले ?
आएकाे पाे हाे कि कतै त्यस्तै खाले सँस्कार
कुरा मिले माया प्यार नत्र बलत्कार !
प्राकृतिले दिएका ति आमा बन्ने अङ्ग
हतियार पाे भए कि खै आज तिमि सङ्ग!
अधिकार पाे धेरै भाे कि सिमा भन्दा पनि
बिचित्रका घटना आउछन् आज कान्ड बनि !
बर्षाै देखि सङ्गै बसे के के गरे गरे
अहिले आएर खट पट परे बल्तकार भाे अरे ।
माया प्रेम नि अचम्मै छ खिच्याे मेबाइल भित्र
खटपट परे मिडियामा सम्बाद सहित चित्र!
बर्षाै देखि बलत्कार रे बाेलिनाै नि किन ?
आज आएर बिमति भाे गयाे  उजुर दिन !
सन्सारमा धेरै थरि थिए अस्त्र शस्त्र
त्यहि माथि थपियाे यि आज नारि अस्त्र ।
हतियार नि डरै लाग्दाे महाशक्तिशाली
जतिसुकै पड्के पनि हुदैन त्याे खाली!
हाने पछि हतियार त्याे जब काेहि तिर
एकै चाेटमा भुइँमा ढल्छ मै हु भन्ने बीर!
न त पर्छ राेक कहिल्यै न सकिन्छ गाेली
थपे मात्र पुग्छ त्यँहा माेहनी त्याे बाेलि ।
मै हुँ भन्ने याेद्धा देखि ऋषि मुनी सब
यस्ता खालका हतियारकाे फेला पर्छन जब ।
उसकाे अस्त्र उसकाे शास्त्र काम लाग्दैन केहि
एकै छिनमा लल्याक लुलुक ढल्छ पनि त्यँहि ।
ब्रह्माजिले राख्या थिए रे पहिला आफू सङ्ग
त्यहिँ अस्त्रले गर्थे अरे तपस्या नि भङ्ग ।
जब गरे मानब श्रृष्टि बनाइ नर नारी
उस्तै उस्तै पारि दुबै थाेरै फरक पारि ।
पुरुष भन्दा ति नारीलाइ अल्लि कमजाेर ठानि
दिएकि पाे यस्ताे अस्त्र लैजाउ भन्दै नानी!
(ब्यङ्ग्य कवि पन्त पहिलाे ब्यङ्ग्य काब्य काेइलीका लेखक समेत हुन)

No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *