राष्ट्रपति, भयो अति !

डिसी नेपाल
११ पुष २०७६ १२:१७

सधै कति रहर लाग्छ बदनामी हुन
के भएर यस्ती भयौ मदनकी मुना

आदर्शका कुरा गर्थ्यौ थियौ सर्बहारा
मति भ्रस्ट के ले भयौ किन यस्तो पारा

तिम्रै मति उस्तो हो कि सारथीले गर्दा
अनाहकमै फसेकी छौ उनका भर पर्दा

होलि वाइनमा लठ्ठियौ कि कस्ले के पाे गरे
क्रिस्मसलाइ नि भन्यौ अरे सम्पदा हाे अरे

नियत पक्कै होईन हाेला लाजै मर्दो भयो
श्रद्धाञ्जली दिने ठाउँमा बधाई सन्देश गयो

स्वदेशकाे तिम्रो निन्दा परदेश सम्म आज
बिदेश भ्रमण बन्द गरिदेउ मान अब लाज

आदर्शवान तिम्रा पति ख्याति अझै अति
तिमी पनि उस्तै थियौ अहिले बिग्रियो मति

देख्दाखेरि सारा शक्ति आज तिम्रा साथमा
अझै रुँदो होला बरै मदनको आत्मा

निर्मला र मदनले कस्तो सोचे होलान
बेवास्ताको पराकाष्ठा अझै कति रोलान

तिम्रो लवाई तिम्रो खवाई बोली बचन सारा
सुहाएन तिमीलाई यो महारानी पारा

कुमारी प्रथा अभिशाप हो भन्यौ ती दिन
आज आएर भोटो जात्रा यति प्यारो किन

गजबकै नाटक गर्छेउ आज भोटो देखाई
न्यायधिशलाई टिका लाउछेउ भूईमा घुडा टेकाई

सादगी ति तिम्रा पति सम्झ न त्यो दिन
करोडौका गाडी तिम्लाई चाहियो आज किन

शीतल निवास छाडी तिम्लाई एकेडेमी चाहियो
राजतन्त्र फालेर खै के नै नौलो पाइयो

करोडौका गाडी माथि फेरि हेलिकप्टर
राजा फाल्ने जनताको कस्तो फुट्या खप्पर

बृद्धाश्रममा एक्लो तिम्रो ममताको काख
ठूला ठाउँमा सरे पछि संगै ल्याएर राख

सम्धी सम्धी रास्ट्रपति अति माग्छौ अति
तिम्रो बिबेक उस्तो हो कि हाँडीघोप्टे मति

किन तिम्रो सबारीमा जनतालाई सास्ती
सहिदको रगतमा कुलंगारको मस्ती

करोडौको गाडी छाडदेउ त्यही गाडीमा हिन
बिदेशका खबर हेर्न केवल टिभी किन

गाडी बेची ऋण तिर्छन अरु रास्ट्रपति
खबर देखे तिम्रो पनि सुध्रिन्थ्यो कि मति

यस्तै अति गरेउ भने अर्कै कदम चाल्लान
राणा फाले राजा फाले तिम्लाई पनि फाल्लान !

( ब्यङ्ग्य कबि पन्त पहिलाे ब्यङ्ग्य काब्य काेइलीका समेत लेखक हुन)




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *