भद्रकुमारी घले व्यक्तित्व पुरस्कार साहित्यकार सुवेदीलाई

डिसी नेपाल
२६ पुष २०७६ १८:१२

काठमाडौं । यस वर्षको ‘भद्रकुमारी घले व्यक्तित्व पुरस्कार’ साहित्यकार प्रा डा अभि सुवेदीलाई प्रदान गरिएको छ । पुरस्कारको राशि एक लाख रहेको छ ।

यसैगरी यो वर्षको ‘भद्रकुमारी घले कृतित्व पुरस्कार’ साहित्यकारद्वय काजी रोशन र शेरबहादुर गुरुङ तथा पत्रकार भैरव रिसाललाई प्रदान गरिएको छ । पुरस्कारको राशि जनही ५० हजार रहेको छ । सोही पुरस्कार साहित्यकार आनन्ददेव भट्ट, सुशीला भट्ट र सुनिता गुरुङलाई प्रदान गरिएको छ । पुरस्कारको राशि जनही २५ हजार रहेको छ ।

त्यसैगरी, यस वर्षको ‘भद्रकुमारी घले साहित्य पुरस्कार’ साहित्यकार तथा समाजसेवी गीता कार्की, सरस्वती जोशी, विमाया तामाङ, गोमा कटवाल तथा पशुपति गुरुङलाई प्रदान गरिएको छ । पुरस्कारको राशि जनही १० हजार रहेको छ ।

कार्यक्रममा पत्रकार भगवती बस्नेत, रचना श्रेष्ठ, राजेश खनाल, उषा लोहनी, सपना थामी र अरुणा खत्री ललीलाई सम्मान तथा पुरस्कार प्रदान गरिएको छ । पुरस्कारको राशि जनही पाँच हजार रहेको छ ।

भद्रकुमारी घले सेवा सदनले प्रा वासुदेव त्रिपाठी, राजेन्द्र सुवेदी, कविता आले, उर्मिला डङ्गोल, युवराज गुरुङ र सुचित्रा श्रेष्ठलगायतलाई पनि अनिनन्दन गरेको छ ।

भद्रकुमारी घले सेवा सदनको १६ औँ वार्षिकोत्सव तथा साधारणसभाको अवसरमा आयोजित ‘पुरस्कार वितरण तथा सम्मान कार्यक्रम’मा महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङले उनीहरुलाई सो पुरस्कार प्रदान गरे ।

सो अवसरमा मन्त्री गुरुङले भद्रकुमारी घले सेवा सदनले गरिरहेको कामको उच्च प्रशंसा गर्दै आगामी दिनमा सरकारले त्यसको मूल्याङ्कन गरी सहकार्य गर्दै अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *