बेलायतबाट नेपालीको उद्धार जुन २४ र २६ मा हुने

डिसी नेपाल
५ असार २०७७ २३:५६

कृष्णप्रसाद शर्मा
लण्डन। कोरोनाको महामारीका कारण भएको बन्दाबन्दीले गर्दा बेलायतमा रोकिएका नेपालीहरु अब नेपाल फर्कन पाउने भएका छन्।

लण्डनस्थित नेपाली दूताबासको पहलमा गठित सूचना संकलन सहयोग समितिमार्फत बिहीबार दिइएको जानकारी अनुसार यहि जुन २४ र २६ गते नेपालका लागि उडान भर्ने निश्चित भएको छ। उडान लण्डनको ग्याटवीक बिमानस्थलबाट जजिरा एरवेजमार्फत दुबै दिन दिउँसो २ः४५ (बेलायती समय) मा हुने दूताबासका प्रवक्ता एवं उपनियोग प्रमुख शरदराज आरणले बताए। दुई हप्ता पहिला दूताबासले बेलायतबाट नेपाल फर्कन चाहने ४२० जनाको विवरण नेपाल पठाएको थियो।

पहिलो चार्टर्ड उडानको क्षमता केवल १५८ जनाको मात्र भएकोले दूताबासले पहिलो चरणमा लैजानेहरूलाई मात्र टिकट लिएर तयारी रहन ईमेलमाफर्त सूचना गरेको छ। दोस्रो उडानमाफर्त जानेहरूले केहि दिनपछि मात्र टिकट लिन भनि सूचना पठाइएको दूताबासले बताएको छ।

यसरी फर्केने नेपालीहरूलाई राहदानी, पीसीआर वा आरडीटी परिक्षण नेगेटिभ वा कोरोनाको लक्षण नभएको भनि स्वास्थकर्मीबाट प्रमाणित गरेको प्रमाणपत्र तयार राख्न भनिएको छ। त्यस्तै टिकटको रकम सम्पूर्ण करसहित ९२० पाउण्ड लाग्ने र नेपालबाट टिकट लिनका लागि सम्बन्धित व्यक्तीहरूको सम्पर्क विवरण पनि उल्लेख गरिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *