चोरी भएर अमेरिकाको संग्रहालयमा राखिएको उमामहेश्वरको मूर्ति नेपालले फिर्ता पायो

डिसी नेपाल
२९ भदौ २०७८ १५:१७

काठमाडौं। नेपालको पाटनबाट चोरी भएर अमेरिकाको संग्रहालयमा राखिएको उमामहेश्वरको प्राचीन मूर्ति नेपालले फिर्ता पाएको छ । अमेरिकाको कोलोराडो राज्यको डेनभरमा रहेको डेनभर आर्ट म्युजियमले यो मूर्ति अमेरिकाको वाशिङटनस्थित नेपाली दूतावासलाई हस्तान्तरण गरेको थियो । यो मूर्ति करिब ५० वर्षअघि पाटनबाट चोरी भएको थियो ।

यो मूर्ति अमेरिकाको संग्रहालयमा प्रदर्शनमा राखिएको खुलासा भएपछि पछिल्लो समय अभियन्ताहरुले यसलाई फिर्ता ल्याउन पहल गरिरहेका थिए । यो मूर्ति संग्रहालयमा सन् १९७५ देखि प्रदर्शनीमा राखिएको बताइएको छ । दूतावासले मूर्ति प्राप्त गरेपछि अब यसलाई छिटै नेपाल ल्याइने बताएको छ । मूर्ति प्राप्त गरेपछि अमेरिकाका लागि नेपाली राजदूत डा. युवराज खतिवडाले संग्रहालयका प्रतिनिधिलाई धन्यवाद दिएको बताइएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *