पाकिस्तानलाई परमाणु शक्तिसम्पन्न देश बनाउने वैज्ञानिक डा. अब्दुल कादिर खानको निधन

डिसी नेपाल
२४ असोज २०७८ १६:०५

काठमाडौं। पाकिस्तानका प्रसिद्ध परमाणु वैज्ञानिक डा. अब्दुल कादिर खानको निधन भएको छ । डा. खानको आइतबार ८५ वर्षको उमेरमा निधन भएको हो । डा. खानलाई पाकिस्तानको परमाणु कार्यक्रमका जनक मानिन्छ । स्वास्थ्यमा खराबी आएपछि डा. खानलाई खान रिसर्च ल्याबोरेटोरिज अस्पतालमा भर्ना गरिएको थियो ।

स्थानीय समयअनुसार आइतबार बिहान ७ बजे डा. खानको अस्पतालमै निधन भएको हो । जियो न्यूजका अनुसार उनलाई सास फेर्न समस्या भएपछि आइतबार बिहानै अस्पतालमा भर्ना गरिएको थियो । पाकिस्तानका प्रधानमन्त्री इमरान खानले डा. खानको निधनप्रति गहिरो दुःख व्यक्त गरेका छन् । उनले ट्वीटरमा लेखेका छन् ‘डा. अब्दुल कादिर खानको निधनबाट धेरै दुःखी छु । पूरै देशले उहाँलाई धेरै माया गर्छ। उहाँले राष्ट्रको सुरक्षाको लागि हामीलाई परमाणु हतियार दिनुभएको छ । पाकिस्तानका नागरिकको लागि उहाँ हिरो हुनुहुन्थ्यो ।’

तत्कालीन ब्रिटिस इण्डिया र अहिले भारतमा पर्ने भोपालमा सन् १९३६ को अप्रिल १ मा जन्मिएका डा. अब्दुल कादिर खानको पाकिस्तानलाई मुस्लिम जगतमै पहिलो परमाणु हतियार सम्पन्न देश बनाउने काममा निकै ठूलो योगदान छ । पाकिस्तानी परमाणु बम विष्फोट गरेपछि उनलाई देशको सर्वोच्च नागरिक पुरस्कार दिइएको थियो । पाकिस्तानी जनताले उनलाई एक राष्ट्रनायकको रुपमा हेर्ने गर्छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *