सुरक्षितरुपमा बैंकिङ कारोवार गर्न प्रहरीको आग्रह

डिसी नेपाल
२७ जेठ २०८१ १८:०२

काठमाडौं। नेपाल प्रहरीले सुरक्षित रुपमा बैंकिङ कारोवार गर्न आग्रह गरेको छ । नेपालमा निरन्तर बैंकिङ कसुरका घटनाहरु बढदै गएको भन्दै सुरक्षित रुपमा बैंकिङ कारोवार गर्न आग्रह गरेको हो ।

काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता प्रहरी बरिष्ठ उपरिक्षक दिनेश राज मैनालीले नियतवस वा अन्जानमा बैंकिङ कसुरका घटनाहरु बढदै गएको जानकारी दिए गत आर्थिक बर्षमा १६ हजार ३ सय २२ वटा बैंकिङ कसुरका मुद्दा दर्ता भएको भन्दै उनले यस आर्थिक बर्षमा अहिलेसम्म १३ हजार ३ सय १० वटा मुद्दा दर्ता भएको बताए।

आफूले काटेको चेकलाई खाम्ने रकम आफ्नो खातामा नभएको जानी जानी चेक दिने घटनाहरु धेरै आएको प्रहरीले जनाएको छ। बैंकिङ कसुरका घटनाहरु बढदै गएपछि प्रहरीले सामुदायिक प्रहरी कार्यक्रम अन्तर्गत जनचेतनामूलक कार्यक्रमहरु गर्दै आएको प्रहरी बरिष्ठ उपरिक्षक मैनालीले बताए। उनले बैङ्किङ कसुर भएको कुरा थाहा पाएको मितिले एक वर्षभित्र जाहेरी दिन सकिने हदम्याद रहेको जानकारी दिए।

बैंकिङ कसुरका प्रतिवादी कतिपय मिटरब्याजबाट पीडितसमेत रहेको भन्ने आशंका रहँदारहँदै पनि स्पष्ट कानुनी आधार र पर्याप्त प्रमाणको अभावले प्रतिवादी पीडित हुने अवस्था रहेको उनले बताए।

मैनालीले बैंकिङ कसुरका घटना धेरै आएपछि प्रहरीहरु उक्त बिषयमा केन्द्रीत हुनुपर्दा अन्य शान्ति सुरक्षा, गम्भीर अपराधको अनुसन्धानमा प्रत्यक्ष वा परोक्षरुपमा असर पुगेको धारणा राखे।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *